विप्लवलाई किन लाग्न थाल्यो संसदीय चुनाव र प्रचण्ड प्यारो ?

143 Shares

काठमाडाैं । संसदीय व्यवस्थाले मुलुक थप अस्थिरतातर्फ जाने भन्दै एकीकृत जनक्रान्तिको बाटोबाट समाजवादी व्यवस्था कायम गराउने राजनीतिक लाइनबाट नेत्रविक्रम चन्द 'विप्लव' ब्याक भएका छन् ।

विप्लवले आफ्नो पार्टीमा संसदीय चुनावमा भाग लिने निर्णय मात्रै गराएका छैनन, उनले माओवादी घटकसँग पार्टी एकता र सहकार्य गर्ने निर्णय समेत गराएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संशोधनवाद र संसदीय भासमा फसेर दलाल व्यवस्थाको साक्षी बनेको आरोप लगाउने विप्लव अन्ततः संसदीय चुनाव र पार्टी एकताको पक्षमा उभिएपछि पछिल्लो समय राजनीतिक वृत्तमा विभिन्न चर्चा हुन थालेको छ । 

प्रतिबन्धदेखि खुला राजनीतिसम्म

विप्लव नेतृत्वको नेकपालाई सरकारी नेकपा (तत्कालीन नेकपा सरकार)ले प्रतिबन्ध लगायो । केपी ओलीको प्रधानमन्त्री कालमा प्रतिबन्ध र शान्तिपूर्ण राजनीतिमा विप्लवले उतारचढाव व्यहोरे । तर, उनी त्यसपछि पनि चर्को भाषण गर्दा गर्दै माओवादी घटक दल भन्दै प्रचण्डसँग पार्टी एकताको तहमा पुगेका छन् । प्रतिबन्ध र सरकारमाथि अनेक आरोप लगाउने विप्लव अब शान्तिपूर्ण र संसदीय राजनीतिमा आउने विषयलाई धेरैले आश्चार्यको रुपमा लिएपनि उनलाई नजिकबाट चिन्नेहरु भने उनले निर्णय लिन ढिला गरेको तर्क गरिरहेका छन् ।

किन चुनावमा जान चाहे विप्लव ?

संसदीय व्यवस्थालाई दलाल संसदीय व्यवस्था भन्दै कुर्लिएका विप्लव अन्ततः शक्ति सञ्चयका लागि भएपनि प्रचण्डसँग पार्टी एकतामा जान चाहन्छन् । प्रचण्डको पार्टीमा उनलाई महासचिवको जिम्मेवारी दिने आन्तरिक तयारी अन्तिम चरणमा पुगेको दाबी गरिन्छ । तर, पार्टी एकताको पहल गरिरहेका कृष्णबहादुर महराले सक्रियता कम गरेपछि प्रचण्ड आफैले समेत अग्रसरता लिएको बताइन्छ । यद्यपी विप्लवले महरालाई नै धेरै विश्वास गर्ने र उनले भनेको विषयमा सहमति जनाउने हुनाले पनि पार्टी एकता यहि मितिसम्म होला भन्ने आधार अझैं पक्का भइसकेको छैन् । तर, विप्लवले माओवादी केन्द्रमा जाने र संसदीय चुनावमार्फत टेस्ट हुन खोजेको बताइन्छ । 

प्रचण्डको मुभ कता ?

प्रचण्डले विप्लवलाई पा्र्टीमा ल्याएर विवादमा तानिरहने र घुर्की देखाउने नेताहरुमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्न खोज्दैछन् । पछिल्लो समय जनार्दन शर्मा र वर्षमान पुनबीच पदीय विवाद खास नभएको र उनीहरु जसले जिम्मेवारी पाएपनि मिलेर जाने सहमति गर्न थालेका छन् । यसले प्रचण्डले आफूलाई खतरा हुने ठानेपछि माओवादी केन्द्रभित्रको राजनीतिक माहोलमा विप्लवको इन्ट्रि सहज बन्न थालेको विश्लेषण हुन थालेको छ । 

सम्बन्धित समाचार