भिजेको बिरालो जस्ता प्रचण्ड सत्ता मोहले बिग्रिएः बाबुराम भट्टराई

141 Shares

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि संगिन आरोप लगाएका छन् । 

प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाड्दै गोरखा पुर्‍याएका बाबुराम पछिल्लो समय प्रचण्डमाथि खरो आलोचना गर्न थालेका छन् । पार्टी एकता गर्ने विषयबाट पछि हटेका बाबुरामको पार्टीका महिन्द्र राय यादवदेखि उनको सचिवालयमा लामो समय काम गरेका विश्वदीप पाण्डेले समेत छाडेपछि बाबुरामले प्रचण्डलाई सत्ताको लोभी मान्छे भन्दै आरोप लगाउन थालेका छन् । 

माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेपनि प्रचण्डको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिएको दाबी गरे ।

बाबुरामले प्रचण्ड निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेपनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश समेत पोखे । 

सम्बन्धित समाचार