टी-२० विश्वकपका लागि पाैडेलको कप्तानीमा टोली घोषणा

137 Shares

काठमाडाैं ।  नेपालले अर्को महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 

ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि टोलीमा कप्तान पाैडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी,प्रतिश जीसी, सन्दीप जोरा, अबिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनु एक महिनामात्र बाँकी छ । विश्वकपको तयारीस्वरूप नेपाली टोलीले वेस्ट इन्डिज 'ए' सँग खेलिरहेको छ ।

सम्बन्धित समाचार