नेपाली समय: ०३:५८:५३ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

हाम्रोबारे

News Title

लुम्बिनी भ्वाइस डटकम एजुकेटेड मिडिया पब्लिकेशन प्राली अन्तरगत रहेर संचालित अनलाइन समाचार पोर्टल हो ।  हामी समाजका विभिन्न घटना, परिवेश, मानव चासो र अन्य नयाँ रोचक तथा आम पाठकको रुची अनुसार समाचार, विचार, घटना, परिघटनालाई बाहिर ल्याउने कोसिस गर्छाैं । सामाजिक-सांस्कृतिक मुद्दा, राजनीति, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली सम्बन्धि समाचार लुम्बिनी भ्वाइसका प्राथमिकताका विषयहरु हुन् । 

हामीलाई यहाँहरुको साथ र सहयोगको खाँचो सधै पर्ने गर्छ । हामीलाई यहाँहरुका कुनै सल्लाह सुझाव तथा राय भएमा हाम्रो इमेल ठेगाना [email protected] वा हाम्रो सम्पर्क नम्बर 01-4771824, 01-4770827 मा फोन गरेर राख्न अनुरोध गर्दछाैं । 

यहाँहरुको सल्लाह सुझाव र प्रतिक्रियाको सधैं सम्मान गर्दछाैं । 

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय कानूनको सवलीकरणः क्षेत्रीय सहयोगमा संसदीय भूमिका र संयन्त्र’ विषयक छलफलमा नेपालको धारणा प्रस्तुत गरेका थिए । साथै प्रजातन्त्र र मानवाधिकारको स्थायी समितिको बैठकमा सहभागिता जनाउनुभएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रिप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत सहभागी थिए । भ्रमणका अवसरमा अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले सर्बियाका प्रधानमन्त्री, सभामुखलगायत विभिन्न उच्चस्तरीय भेटघाटसमेत गरेको सचिवालयले जनाएको छ ।

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमारलाई प्रहरीले दोहोरो भिडन्तमा मारिएको जनाएको थियो ।   यो घटना पश्चात सरकारको चाैतर्फी आलोचना  भएको थियो भने संसदमा समेत कुरा उठेको थियो । निहत्या नागरिकको हत्या गरिएको भन्दै संसदमा प्रतिपक्षीमात्र नभएर सत्तारुढ दल नेकपाका सांसदहरुले समेत कुरा उठाएका थिए । तर, गृहमन्त्री रामबहादुर थापा 'बादल'ले कुमारको मृत्यु प्रहरी मुठभेडमा भएको भनेर जवाफ दिएका थिए ।  यस्तै, विप्लव नेतृत्वको नेकपाले समेत विज्ञप्ति जारी गर्दै सरकारला दमन बढाएको र त्यसको प्रतिवाद हुनबे चेतावनी दिएको थियो । भने, मानव अधिकार आयोगले घटनाको छानविन पश्चात घटनामा संलग्न प्रहरी अधिकारीलाई मुद्धा चलाउन निर्देशन दिने निर्णय गरेको छ ।  सम्बन्धित समाचारः जनार्दनको गृहमन्त्रीलाई प्रश्नः जनताको रिपोर्टले कुमार पाैडेल मुठभेडमा मारिएको स्विकार्दैन विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज हत्या पञ्चायती बर्बरता जस्तो: जनार्दन शर्मा कुमार पाैडेलको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले छानविन थाल्यो नियन्त्रणमा लिएर चिनेपछि कुमार पाैडेललाई हत्या गरियो, एकीकृत जनक्रान्तिबाट बदला लिन्छाैंः अरुण

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ । 

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त देखिन थालेका छन् । महरा अहिले प्रहरी हिरासतमा छन भने, उनले प्रहरीकासामू बयान दिन आनाकानी गरेको भन्ने समाचारहरु आइरहेका बेला उनी आफैले भने यसको प्रतिवाद गरेका छन् ।  स्रोतका अनुसार महराले अनुसन्धानलाई सहज होस भनेर नै पदबाट राजीनामा दिएको र अनुसन्धानलाई कुनै किसिमले प्रभाव नपरोस भन्ने मनशायका कारण उनले माैन रहेर पार्टीको निर्देशनलाई पछ्याएको जनाइन्छ । उसो भए महराले सांसदबाट राजीनामा किन दिएनन् ? भन्ने प्रश्न उठ्न सक्छ । महराले सांसद पदबाट राजीनामा नदिनुका कारणबारे समेत विभिन्न टिकाटीप्पणी सार्वजनिक भएपछि भने उनी निकट स्रोतले दिएको जानकारी अनुसार अनुसन्धानमा सहयोग पुर्याउनका लागि सभामुख पदबाट राजीनामा दिए पुग्ने सल्लाह बमोजिम यस्तो गरिएको हो । भने, आफू निर्दोष रहेको र आफुमाथि षडयन्त्र भएकाले राजीनामा नदिएको जनाइन्छ । तर, पछिल्ला समय भएका घटनाक्रमले भने महरामाथि षडयन्त्र भएको हुनसक्ने थुप्रै आधारहरु देखिन थालेका छन् । महरा नेकपा अध्यक्ष प्रडण्डका नजिकका नेता मानिन्छन् । उनी प्रचण्डलाई समस्यामा वा अप्ठ्यारोमा योजना बनाउने देखि काम कार्यान्वयन गर्ने नेताहरुमा पर्छन् । यसर्थ आन्तरिक तथा बाह्य शक्तिको आडमा महरालाई फसाइन खोजेकोबारे पूर्वमाओवादी वृत्तमा छलफल चल्न थालेको छ ।  केहि प्रतिनिधि घटनाका बारेमा यहाँ चर्चा गरिएको छ । जसका कारण महरामाथि षडयन्त्रको चाङ थुपार्ने कोसिस गरिदै छ । यसबाट नेपालमा विधिको शासन भएको र नेताहरुको पद तथा ओहोदा नहेरिने भनेर समेत चर्चा गर्न सकिने आंकलन केहि नेताहरुले गरेका कारण समेत यो घटनालाई ट्विस्ट गर्न खोजिएको आभाष हुन थालेको छ ।  कारण १ः चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको केहिदिन अगाडी अमेरिकी राजदुत र्‍याण्डी बेरीले नेपालका राजनीतिज्ञलाई भेट्दै चासो व्यक्त गरिसकेका थिए । चिनियाँ राष्ट्रपति सीलाई नेपालमा ल्याउने तयारीमा सरकारी निकाय जोडतोडका साथ लाग्ने देखेपछि असोज ५ गते बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसबारे चासो देखाएको जनाइन्छ । भने, भने ९ असोजमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । ९ असोजकै दिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए भने १० गते राजदूत बेरीले नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका थिए । बेरीले यी भेटमा एमसीसी (इण्डो प्यासिफिक रणनीति) अनुमोदन नगरेकोबारे चासो देखाएर घुमाउरो पारामा महराको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेकोबारे असन्तुष्टि पोखेका थिए । प्रचण्डले एमसीसीलाई नेपालले खारेज गर्ने भनेर चिनियाँ विदेशमन्त्री यीलाई प्रष्ट रुपमा भनेका थिए ।  प्रचण्डले भने झैं महराले एमसीसीलाई रोकेको हुनाले प्रचण्ड र महराबीचको छलफल बाक्लै भएको र सहमतिकै आधारमा महराले विवेक प्रयोग गरेको अमेरिकी बुझाई थियो । यसै बेलाबेरीले नेपाली कांग्रेसका नेताहरुलाई दुतावासमा बोलाएर छलफल गरेको बुझिएको छ । असोज ११ गते नेपाली कांग्रेसका नेताहरु त्यहाँ पुगेर छलफल गरेका थिए ।  महरा र इण्डो प्यासीफिक रणनीतिबारे छलफल भएपछि महराले याैन गुराचार गरेको भन्ने आरोप असोज १३ गते लागेको थियो । आरोप लाग्दा पनि नेपाली कांग्रेस कै पत्रकार संगठनका महासचिव रहेका अजयबाबु सिवाकोटीको मिडियाबाट यो कुरा सार्वजनिक भएको थियो ।  कांग्रेस नेताहरुले सिवाकोटीलाई महराको बारेमा सुचना दिएको कुरा स्रोतले जनाएको छ । स्रोतका अनुसार महरा र रोशनीको परिवारबीच पारिवारीक सम्बन्ध भएको र रोशनी मानसिक समस्याबाट ग्रसित रहेकोबारे कांग्रेस नेतृत्व जानकार थियो । जसका कारण उनलाई विभिन्न कुरा बोल्न लगाइयो । जुन कुरा रोशनिले काठमाडाैं जिल्ला अदालतमा दिएको जाहेरीमा समेत उल्लेख गरेको जनाएकी छन् ।  कारण २ः रोशनीले आफूमाथि तत्कालीन सभामुख महराले बलात्कार गरेको भनेर जसरी मिडियामा सार्वजनिक रुपमा बोलिन र प्रहरी कन्ट्रोलमा समेत फोन गरिन । प्रहरी तत्कालै त्यहाँ पुगेको थियो । तर, सोहि समयमा प्रहरीले घटना लुकाउन प्रयास गरेको देखिन्छ । तर, त्यसपछि भने प्रहरीमाथि दबाव बढेको र रोशनीलाई विभिन्न कुरामा बाध्य बनाएर जाहेरी दिन लगाएको कुरा सार्वजनिक भएको छ ।  पीडित भनिएकी रोशनी आफैले महराले कुनै दुर्व्यवहार नगरेको र प्रहरिले जबरजस्ती आफूलाई जाहेरी दिन लको भनेर सार्वजनिक रुपमै आरोप लगाएकी छन् । यी तथ्यले महरामा षडयन्त्र भएको भनेर भन्न सकिने आधारहरु देखिन्छन् ।  रोशनीले बयान फेर्दै आएकी छन् । उनी कुन बेला के बोल्छिन यसै भन्न सकिन्न । उनले आपू मानसिक समस्याबाट ग्रसित रहेको र ओभर डोज औषधी सेवन गरेका कारण के के बोले के के गरे भन्ने पत्तै पाइन भनेकाले समेत उनको बोली ठेगानमा नरहेको बुझ्न सकिन्छ । तर, उनले आफ्ना श्रीमानको रोहबरमा दिएको निवेदनका अनुसार आफूमाथि अन्याय भएको भनेर भन्न थालेकी छन् । प्रहरी र बलात्कार आरोपको भिडियो सार्वजनिक गर्ने मिडियामाथि नै उनले आफ्नो मानसिक समस्याको फाइदा उठाएको भनेपछि यो समेत रहस्यमय बन्दै गएको छ ।  उसो त रोशनीले महरामाथि आरोप लगाएको भोलीपल्टै एक अनलाइन समाचार पोर्टललाई अन्तरवार्ता दिदै महरा आफ्नो बा समानको मान्छे भएको भन्दै बोलेकी थिन् । तर। त्यस लगत्तै उनले पटकपटक बोली फेरिरहेकी छन् । यद्यपी उनले प्रहरीले आफूलाई बन्धक बनाएको भनेर अदालतमै गएर लिखित निवेदन दिएपछि भने महरामाथिको षडयन्त्र भएको भनेर बुझ्न कठिन भएन् ।  कारण ३ः प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक अखबारलाई दिएको अन्तरवार्तामा महराले एमसीसी रोकेर गल्ती गरेको कुरा प्रष्टै पारेका छन् ।  एमसीसी संसद्बाट अनुमोदन किन हुन नसकेको ? भन्ने प्रश्नमा ओलीले भनेका छन्, 'त्यसमा तत्कालीन सभामुखजी (कृष्णबहादुर महरा) ले अलि बेठीक काम गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो । कसैले उहाँलाई भनिदियो, अलिकति विलम्ब गर्नुपर्छ । त्यसपछि विभिन्न नेताहरूका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ उहाँ (महरा) लाग्नुभयो ।' यसकारण अमेरिकी राजदुत बेरीको सक्रियतामाथि प्रश्न मात्रै नभएर महरालाई फसाउन चलखेल भएको हुनसक्ने आशंका महरा निकट नेताहरुको छ ।  कारण ४ः  चीनले अगाडी सारेको बिआरआई र एमसीसी एकै प्रकृतिको देखिने गरि नेपालको कुटनीतिमा नै धब्बा देखाउने गरि तयार हुन लागेको देखिने भएपछि महराले यसलाई रोकेका थिए ।  इण्डोप्यासिफि रणनीति चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई पछाडी धकेल्ने र विश्वकासामू अमेरिकाले नेपालमा समेत एकखाले कब्जा जमाएको सन्द३ेश दिनु नै थियो । जसमा बाधक बनिदिए तत्कालीन सभामुख महरा ।  नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच भएको अनुदान सहायतालाई २०७५ को माघको अन्तिम साता बसेको बैठकले अनुमोदन गर्यो । उक्त बैठकले अर्थमन्त्रालयलाई प्रतिनिधिसभाबाट उक्त अनुदान सहायता अनुमोदन गर्न स्वीकृति दिएलगत्तै अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्ताव पेश गरे । खतिवडाले गत असारमा उक्त प्रस्ताव पेश गरेका थिए । तर त्यसलाई तत्कालीन सभामुख महराले कार्यव्यवस्था परामर्श समितिको बैठकमै लगेनन् । यसरी विकास भएका घटनाक्रमले महरालाई श्रृङखलाबद्ध ढंगले फसाइन खोजिएको आशंका महरा निकटका नेताहरुले गर्न थालेका छन् । कारण ५ः प्रहरीकासामू साबिति बयान दिन अस्विकार गरेका महराले सरकारी वकिलको कार्यालयमा भने बयान दिए । लामो बयानको क्रममा महराले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको दाबी गरेका छन् ।  बयानको क्रममा महराले उनीमाथि बलात्कार प्रयास नगरेको र उनको परिवारसँग पारिवारीक सम्बन्ध रहेको बयान दिए । बयानको क्रममा महराले न्यायधीशसमक्ष 'अब मलाई थुन्नुहुन्छ की छाड्नु हुन्छ ?' भनेर प्रश्न समेत गरेको स्रोतले जनाएको छ ।  रोशनीले समेत महरा निर्दोष रहेको भनेर लिखित बयान दिएपछि भने महरामाथि देकिएका कुराहरुले राजनीतिक वृत्तमा चर्चा पाउन थालेका छन् । उक्त प्रकरणमार्फत् आफूलाई राजनीतिक रूपमा फसाउन खोजिएको महराले सरकारी वकीलको रोहबरमा प्रहरीले लिएको बयानमा भनेका छन् । कसले फसाउन खोजेको भन्ने कुरा उल्लेख नगरे पनि आफूलाई उक्त आरोप लगाएर फसाउन खोजिएको जिकिर महराले बारम्बार गरेको स्रोतले बतायो। रोशनीको कोठामा भेटिएको भाँचिएको चश्मा र जुत्ताको भित्री भागलाई लिएर पनि प्रहरीले प्रश्न सोधेको थियो। जुन चश्मा र जुत्ताको अंश पनि आफ्नो नभएको महराले प्रहरीलाई जवाफ दिएका थिए । महरा जनयुद्धदेखि माओवादी आन्दोलनमा लागेका नेता हुन भने उनी पहिलो शन्ति वार्तामा संयोजक र पछिल्लो वार्तामा सदस्यको रुपमा आएका थिए ।  सम्बन्धित समाचारः महरामाथि सरकारले देखाएको तदारुकता शेरधन राई र विष्णु पाैडेलमाथि किन देखाउदैन ? महराको स्वास्थ्यमा गम्भीर समस्या अदालतमा रोशनीको निवेदनः प्रहरीले जवरजस्ती निवेदन दिन लगाएको जिकिर निवर्तमान सभामुख महरालाई ५ दिन थुनामा राख्न आदेश प्रहरीलाई बयान नदिएका महरा सरकारी वकिल कार्यालयमा बयान दिदै ! ओलीले भने, ‘सभामुख महराले एमसीसी अनुमोदन रोकेर बेठिक गरे’ महराले जिल्ला अदालतमा भने : अभियुक्तले पनि के गिलासमा पानी खानु? महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति महरालाई १३ दिन हिरासत राख्नुपर्ने मागसहित अदालतमा बहस जारी महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता महरा लक्षित प्रधानमन्त्री ओलीको प्रहरीलाई निर्देशनः पद ओहोदा हेरेर होइन अपराधको प्रकृति हेरेर व्यवहार गर्नू BREAKING: महरा सरले ममाथि कुनै दुर्व्यवहार गर्नुभएको छैनः रोशनी शाही सभामुख महराले दिए पदबाट राजीनामा सभामुख महरामाथी बालात्कारको आरोपः चरित्रहत्या गर्ने सुनियोजित षड्यन्त्र- सचिवालय(विज्ञप्तिसहित)

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी हुन् । राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्, “म्यान्मारका महामहिम राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद, भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ ।” राष्ट्रपति भण्डारी गत असोज २९ गते म्यान्माको राजकीय भ्रमणमा गएकी थिइन् । उनी आइतबारदेखि जापानको भ्रमणमा रहेकी छन् ।