नेपाली समय: ०३:०४:४५ बिहान
वि.सं २०७७ जेठ २५   आइतबार

नाटक महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, यो कलाकारहरुको सरकार हो

Voice Of Federal Nepal
लुम्बिनी भ्वाईस (२०७५ फाल्गुण १४)
News Title

काठमाडौँ ।  सोमबार साँझ मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार कलाकारहरुको भएको र आफू कलाप्रेमी रहेको बताए। नेपालीमा मन्तव्य दिइरहेका उनले अन्त्यतिर अन्तर्राष्ट्रिय सहभागी एवं दर्शकलाई सम्बोधन गर्दै अङ्ग्रेजीमा भने,’दिस इज अ गभर्मेन्ट अफ आर्टिस्ट एण्ड पिएम इज एन आर्ट लभर।‘ उनले आउँदो आर्थिक वर्षदेखि नै नाट्य विधाका लागि बजेट छुट्याउने आश्वासनसमेत दिन भ्याए। कार्यक्रममा उनीसँगै अर्थमन्त्री युवराज खतिवडामात्र हैन, मन्त्रिपरिषद्का आधाजसो सदस्य पनि साथै थिए। नाट्य महोत्सवका निर्देशक नाट्यकर्मी राजन खतिवडाले महोत्सवलाई वर्षौअघिदेखिको सपनाको रुपमा व्याख्या गरे। भने,’हामीले नाटकलाई सधैं सामाजिक रुपान्तरणको एक सशक्त माध्यमका रुपमा हेरेका छौं। यो सामाजिक, रचनात्मक र सिर्जनशिल परिवर्तनका लागि अर्थपूर्ण सोच निर्माण गर्न सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ। त्यही विश्वासको फल हो यो महोत्सव।‘ उनले समृद्ध समाजका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए। समारोहमा संस्कृतिविद सत्यमोहन जोशीसहित ९ जना नाट्य क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका नाट्यकर्मीहरुलाई सम्मानित गरियो। निर्देशक प्रचण्ड मल्ल, शकुन्तला शर्मा गुरुङ, नाटककार एवं समालोचक अभि सुवेदी, नाट्य निर्देशक अशेष मल्ल, सबिन लेहमेन र कलाकारहरु सुभद्रा अधिकारी, सुनिल मिश्र सूर्यमाला शर्मालाई प्रधानमन्त्रीले ताम्रपत्र प्रदान गरे। सोही अवसरमा सत्यमोहन जोशीको नाट्य कृति ‘सुनकेशरी’ विमोचन समेत भयो। जोशी, प्रधानमन्त्री सँगै सम्मानित आठ नाट्यकर्मीले पुस्तक लोकार्पण गरे। समारोहमा परम्परागत एवं मौलिक झाँकीहरु साकेला सिलीदेखि आधुनिक सांगीतिक प्रस्तुति समेत रहेको थियो। कलाकारहरु सलिल सुवेदी र अश्मिना रञ्जितको नाट्य प्रस्तुति, अनुप बराल निर्देशित नाटक ‘रेप मेसिन’ मञ्चन गरिएको थियो। मङ्गलबारदेखि काठमाडौंका चार थिएटरहरुमा नियमित नाटक मञ्चन हुँदैछ। अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीको शिल्पी थिएटर, टेकुको कौसी थिएटर र कीर्तिपुरको थिएटर मलमा फरक फरक नाटकहरु देखाइने छ। नेपाल, भारत, बंगलादेश, अफगानस्तान, नर्वे, इटाली लगायत ८ देशका ३० फरक नाट्य समूह यसमा सहभागी छन्। नाटक मञ्चनसँगै कविता वाचन, सांगीतिक प्रस्तुति, फोटो प्रदर्शनी र विभिन्न विषयमा अन्तरक्रियात्माक कार्यक्रम र वहस सञ्चालन हुने निर्देशक सोमनाथ खनालले जानकारी दिए।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

बजेटमा रुकुम पूर्वलाई उपेक्षा गरियो, मन्त्रीहरु देशको नभएर जिल्लाको जस्तो देखिनु दुखद्ः सांसद रोका

काठमाडाैं । प्रतिनिधिसभा सदस्य कमला रोकाले बजेट न्यायपूर्ण हुन नसक्दा संघीयताको भाव र मर्मलाई समेट्न नसकेको जनाएकी छन् ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रोकाले मन्त्रीहरु...

रुकुम घटना जातीय नरसंहारः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुकुम पश्चिम घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ ।  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेका नवराज विकसहित ६ जनाको...

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित पुगे ३२ सय ३५

काठमाडाैं । नेपालमा आज ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।  आज थपिएका संक्रमितमध्ये २८६ पुरुष ३७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कोरोनाका कारण डोल्पामा एकजनाको मृत्यु, कर्णाली प्रदेशमा ३ पुग्यो मृत्यु

डोल्पा । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ । जगदुल्लाका ५८ वर्षीय पुरुषको कोरोनाका...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१...