नेपाली समय: ०३:१५:२३ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

नेकपाको मार्गनिर्देशक सिद्धान्त जनताको जनवादः केपी शर्मा ओली

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आषाढ १४)
News Title

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनवाद नै नेकपाको मार्गनिर्देशक सिद्धान्त भएको बताएका छन्। जननेता मदन भण्डारीको ६७औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजवादमा पुग्ने लक्ष्यसहितको सिद्धान्त नै नेकपाको मार्गनिर्देशक सिद्धान्त भएको बताएका हुन्।  जनताको जनवादमा सहमति गरेका छौं। त्यो नै मार्गनिर्देशक सिद्धान्त हुन्छ,' उनले भने। उनले यसै आर्थिक वर्षभित्र पार्टी एकता सक्ने समेत बताएका थिए। देशमा बढेको भ्रष्टाचारप्रति सरकारको आलोचना भइरहेको संकेत गर्दै उनले भने, 'भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ।' अध्यक्ष ओलीले सरकार सञ्चालनको लागि पहिलो वर्ष 'संरचना वर्ष' बनेको बताएका थिए। सरकारले जनताको काम गरिरहेको उनको भनाइ थियो। 'काठमाडौंमा अहिले मास्क लगाएर कोही हिँड्दैन। काठमाडौं अहिले सडक हेर्नुस्। दशैं पछि सरकारको आलोचना समाप्त हुन्छ। कल्पना नगरेका कार्य गरेका छौं।' वृद्धभत्ता बढेको भनी संसदमा आलोचना भइरहेका बेला उनले सो कार्यक्रमको बचाउ गरेका छन्। 'अघिल्लो वर्ष वृद्ध भत्ता बढेन। आलोचना भयो। अहिले बढाइयो, जस फेरि पनि दिइएन। अभिभारा र चुनौती बुझेका छौं,' उनले भने।  पछिल्लो समय नेकपाको मार्गनिर्देशक सिद्धान्त जनताको जनवादमा सहमति बनी एकता भएको हो। राजनीतिक प्रतिवेदनमा जनताको जनवाद उल्लेख गर्ने/नगर्ने विषयमा विवाद उत्पन्न भएको थियो। ओलीले शनिबार जनताको जनवाद स्वीकारेका हुन्।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 33.33%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 33.33%
  • यस्तै हो

  • 33.33%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...