नेपाली समय: ०३:०७:५९ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

पुल बगाउँदा स्थानीय समस्यामा

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ साउन १९)
News Title

काठमाडौँ । तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ । तिलानदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका–३ जुम्ला लुम्सेरागाउँका स्थानीयवासी दीपेन्द्रराज हमालले राससलाई जानकारी दिए । झोलुङ्गे पुल नबनेको अवस्थामा काठको पुल बग्दा तत्काल वारपार गर्ने विकल्पका लागि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लासँग गुहार मागिएको  बताए । उहाँका अनुसार स्थानीयवासीको नदी किनारका धान खेतसमेत बाढीले पुरेका  छन् । सूर्य सामाजिक सेवा सङ्घ जुम्लाले करीब रु ५० लाखको लागतमा दुई वर्षअघि शुरु गरेको झुलुङ्गे पुल तत्कालै बन्ने अवस्था नरहेकाले त्यहाँस्थित ४१ घरधुरीका स्थानीयवासीलाई सकस परेको जनाइएका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 100%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...