नेपाली समय: ०३:०८:३३ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

प्रधानमन्त्री ओलीको गर्जनः कहाँको ३३ कहाँको १३, किन माओवादीसँग सत्ता आधाआधा ?

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आषाढ ११)
News Title

काठमाडाैं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गरे । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत १३ लाख ३ हजार ७ सय २१ (१३.६५ प्रतिशत) थियो । ६०÷४० को अनुपातमा उम्मेदवारी बाँडफाँड भयो । पार्टी एकतामा पनि त्यही हिसाब तय गरियो । तर, जनादेश फरक किसिमको आयो । र, अहिले बालुवाटारमा बसेर प्रधानमन्त्री त्यही चुनावको हिसाब गर्दै छन् । जुन केही दिनअघि माधव नेपाललाई बोलाएरै सुनाए । चुनाव चिन्हबारे कन्फ्युजन हुँदा ८–१० प्रतिशत मत बदर भएको छाडेर पनि तत्कालीन एमालले पाएको मत हो (३१ लाख ७३ हजार) अर्थात ३३.२४ प्रतिशत । यदि, एउटै चिन्हबाट लडेको भए परिणाम दुवैको ५५ देखि ६० प्रतिशत आउने रहेछ । यति हिसाब सुनाएपछि केपीले भने, ‘अनि, तपाई प्रचण्डसँग मिल्ने किन सहमतिको कुरा उठाउनु हुन्छ ? आधा आधा कसरी दिने ल भन्नुस् । उपराष्ट्रपति, सभामुख, प्रमुख सचेतक, राष्ट्रिय सभामा उपाध्यक्ष दिएकै छ त ?’ केपीको हिसाब निकाल्ने चातुर्यताबाट प्रभावित भएर होला, माधव नेपालले संक्षिप्त प्रतिक्रिया दिए, ‘कुरा त्यस्तो पो हो ?’ आजको जनआस्था साप्ताहिक समाचार छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...