नेपाली समय: ०७:४८:०८ बेलुका
वि.सं २०७६ कार्तिक २६   मंगलवार

प्रधानमन्त्री ओलीको बिशेष सम्बोधनमा कांग्रेसको अवरोधपछि बैठक स्थगित, ओली ट्वाल्ल !

लुम्विनी भ्वाइस (२०७६ आषाढ ३)
News Title

काठमाडाैं । प्रतिनिधि सभामा विषेश सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न नदिएर अवरोध गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न दिन आग्रह गरेपनि नेपालि कांग्रेसले संसद अवरोध गरेपछि प्रधानमन्त्री ओली हेरेहो हेरेइ बन्न पुगेका छन् । सम्बोधन गर्न रोस्टममा पुगेका प्रधानमन्त्री ओली माैन रहेर कांग्रेसको अवरोध हेरेर उभिएका छन् । कांग्रेस सांसदहरुले भने 'शान्ति सुरक्षा कायम गर', 'संसदीय व्यवस्था कायम गर' लगायतका नारा लगाएर संसद अवरोध कायम गरेका हुन् । कांग्रेसको अवरोध कायम रहेपछि सभामुख महराले असार ४ गतेसम्मका लागि संसदको बैठक स्थगित गरेका छन् । आजको संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा समेत उपस्थित भएका थिए । यद्यपी सभामुख महराले प्रधानमन्त्रीको कुरा सुनेपछि विपक्षी दलको नेतालाई बोल्न समय दिने भन्दै संसद चल्न दिन आग्रह गरेका थिए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरिकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त...

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।  देशमा सीमा विवाद चलेको भन्दै उनले...

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।...

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम...