नेपाली समय: ०६:४५:१५ बेलुका
वि.सं २०७७ आषाढ २०   शनिवार

योगेश भट्टराईलाई पर्यटनमन्त्री बनिदिन महासचिव र नेम्वाङ मार्फत प्रधानमन्त्री ओलीको सन्देश

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आषाढ ६)
News Title

काठमाडाैं । सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६र७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्टि गरेका छन् । पुनर्गठनको दबाबमा ओली–प्रचण्ड गत १५ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका छन् । भिजिट नेपाल–२०२० आयोजना गरिएकाले रिक्त पर्यटन मन्त्रालय सम्हाल्ने मन्त्री नियुक्ति गर्नैपर्ने दबाबमा प्रधानमन्त्री छन् । स्रोतका अनुसार स्थायी समिति सदस्य योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री बनाउन चाहेका छन् । पर्यटन, सञ्चार या अन्य कुनै विकासे मन्त्रालयमध्ये रोजेर लिन भट्टराईलाई प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत सन्देश सुनाएका छन् । भट्टराईले भने मन्त्री बन्ने चर्चा र बनाउने नेतृत्वले तयारी गरिरहेको केही जानकारी नभएको बताए । ‘मैले त्यसबारेमा केही बुझेको छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘यस विषयमा मेरो कुनै टिप्पणी छैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा शुरोजङ्ग पाण्डेले लेखेका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् । सत्ता संकट चुलिएसंगै प्रधानमन्त्री ओलीले विभिन्न तहमा राजनीतिक...

गोरखा अस्पतालमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट थप एकको मृत्यु भएको छ । गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कतारबाट...

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन...

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको...