नेपाली समय: ०३:१२:२० अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

राजमार्गमा खाल्डाखुल्डी बढेपछि दुर्घटना बढ्दो

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ साउन १४)
News Title

काठमाडौँ।अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो । पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने १६ किलोमिटर दूरीमा २० ठाउँभन्दा बढी बाढीले छेउ ढालेको र कालोपत्र भागमा पाइलैपिच्छे जसो खाल्डाखुल्डी बनाएका छन् । राजमार्गमा सवारी चलाउन खाल्डाखुल्डी र छेउ कटानले समस्या बढेको चालक बताउँछन् । राजमार्ग मर्मतसम्भार गर्नेबेला गुणस्तरीय काम नगरिँदा र खाल्डाखुल्डी देखिनासाथै पुर्न नथालिँदा अहिले बग्रेल्ती खाल्डाखुल्डी बढेको बर्दिवासबाट सर्लाहीको लालबन्दीसम्म म्याजिक (सवारी साधन) चलाउने सोमन साशङ्करले बताए। जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासले पनि खाल्डाखुल्डी बढेसँगै दुर्घटना जोखिम बढेको जनाएका  छन् । गत आर्थिक वर्ष २०७५÷७६ मा भएका १२१ सडक दुर्घटनामध्ये ७० प्रतिशत पूर्वपश्चिम राजमार्गमै भएको प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए । जारी साउनको दुई साता नहुँदै साना–ठूला गरी अहिलेसम्म १५ सवारी दुर्घटना सो राजमार्ग क्षेत्रमा भइसकेका छन् । राजमार्गको खाल्डाखुल्डी महोत्तरीमा मात्र नभएर धनुषाको ढल्केबरदेखि बाराको पथलैयासम्म नै रहेको जनकपुर–वीरगञ्ज रुटका बसचालक बताउँछन् । यद्यपि अहिले बाग्मती पारि (बाग्मती पश्चिम) रौतहटदेखि बारासम्म मर्मतसम्भारका काम थालिएका छन् । ढल्केबरदेखि बागमतीसम्म भने अझै काम नथालिँदा जोखिम मोलेरै सवारी चलाउनुपरेको बस यातायात व्यवसायी र चालकको भनाइ छ । यसैबीच सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले अब वर्षा थामिएकाले राजमार्ग मर्मतसम्भारको काम थालिने जनाएका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’

काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित...