नेपाली समय: ०४:११:१५ अपरान्ह
वि.सं २०७७ जेठ २३   शुक्रवार

१०१ वर्षीय रेग्मीलाई पोषण भत्ता

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ साउन १४)
News Title

काठमाडौँ। विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय।रायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएका  छन् । महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उहाँको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु १२ हजार भत्ता उपलब्ध गराइएका थिए । महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई पोषण भत्ताबापत मासिक रु एक हजार उपलब्ध गराउने निर्णय अनुसार एकमुष्ट रु १२ हजार प्रदान गरेका थिए। महानगरप्रमुख पराजुलीले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक देवतातुल्य भएकाले उहाँहरुको दर्शन र आशीर्वाद लिन घरदैलोमा पोषण भत्ता उपलब्ध गराउने अभियान शुरु गरिएको बताए । चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउनाका साथै एक चिकित्सकलाई घरदैलोमै पु¥याएर स्वास्थ्य जाँच गरिने जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिकहरुलाई लट्ठी र टर्चलाइटसमेत वितरण गरिने बताए । विराटनगर महानगरपालिकाभित्र ८४ वर्ष उमेर नाघेका एक हजार २४६ ज्येष्ठ नागरिकहरुको बसोबास छ । आजै विराटनगर–३ स्थित आदर्श उपभोक्ता मञ्चको भवनमा ८४ वर्ष उमेर नाघेका तीन ज्येष्ठ नागरिकलाई पोषण भत्ता वितरण गरिएका  थिए।यस्तै वडा नं ३ का ७० ज्येष्ठ नागरिकलाई पनि आजै पोषण भत्ता वितरण गरिएका थिए।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

सोती नरसंहार: जातीय भेदभावको पराकाष्टा 

यही २०७७ साल जेठ १० गते साँझ करीब ६ बजेतिर कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला, चौरजहारी नगर पालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै...

विश्व वातावरण दिवस : प्रकृतिले चाहेकै थियो त विश्वभर लकडाउन ?

काठमाडौं । सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःखभाग्जन : । अर्थात् निरोगी सबै हुन् सबै हुन् सुखीया, सबै...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं ।अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको...

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काठमाडौं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा...

रुकुम घटनाबारे छानविन संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । शुक्रबार बसेको बैठकमा दलहरुसँग छलफल गरेर समिति सदस्य टुंगो लगाउनेगरि...