नेपाली समय: ०४:१७:५५ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

चलचित्र सम्बन्धी अध्ययनमा नयाँ क्याम्पस

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ भाद्र ३०)
News Title

काठमाडौं । चलचित्रमा चार वर्षे स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ ।

नेपालीका साथै दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा आएको हो । क्याम्पसमा यसै शैक्षिक सत्रबाट भर्ना हुनेछ ।

नेपालमा चलचित्रसम्बन्धी यो दोस्रो कलेज हो । सो क्याम्पसमा यसै शैक्षिक सत्रबाट फिल्ममा स्नातकको अध्ययन शुरु गराउन लागिएको क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले जानकारी दिए । यो कलेजले चलचित्र लेखन-निर्देशन, दृष्य सम्पादन, छायाङ्कन, अभिनय र ध्वनीसम्बन्धी पाँच विषयमा अध्यापन गराउनेछ ।

कलेजमा हलिउड, बलिउडसहित श्रीलङ्का, भुटान र नेपालका फिल्म विज्ञले पढाउने छन् । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले गुणस्तरीय चलचित्र शिक्षाका नयाँ कलेजले काम गर्ने अपेक्षा व्यक्त गरे । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...