नेपाली समय: ०४:२२:१७ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

६ दिनदेखि मालपोत कार्यालयको कामकाज ठप्प

लुम्विनी भ्वाइस (२०७६ आश्विन ६)
News Title

जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत छ दिनदेखि ठप्प रहेको छ ।

सरकारले यही असोज १ गतेदेखि नै देशभरिका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने कार्यक्रम लागू गरेपछि सोही दिनदेखि उक्त कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको प्रमुख भूपबहादुर बोगटीले बताए ।

उनका अनुसार मालपोतको सबै कामकाज अनलाइन भएपछि यहाँबाट हुने मोठ, रोक्का, रजिष्ट्रेशन, नामसारी, मुद्दा, तामेली लगायतका सबै कामकाज कम्प्युटरबाट गर्नुपर्ने भएको छ । तर यहाँ त्यस्ता काम गर्ने कार्यरत कर्मचारीलाई कम्प्युटरसम्बन्धी ज्ञान नभएको तथा चलाउन नजानेकाले मालपोतको सबै कामकाज ठप्प रहेको उनले बताए । उनले तालीम प्राप्त दक्ष जनशक्ति नहुँदा कामकाज अनलाइनबाट गर्न नसक्ने भएकाले कामकाज ठप्प रहेको जानकारी दिए ।

उनले विभाग र मन्त्रालयले यहाँका कर्मचारीलाई कम्प्युटरसम्बन्धी तालीम दिएर बिस्तारै उक्त प्रणाली लागू गर्नुपर्नेमा एक्कासि सबै काम अनलाइनबाट गर्न आदेश दिएपछि समस्या भएको बताए । मालपोत विभागले एस.आर.एस. कन्सल्टेन्सी काठमाडौँबाट तालीम दिनका लागि प्रतिनिधि गजेन्द्र ठाकुरलाई पठाएर एकहप्ते तालीम दिइसकेको छ । तर पनि यहाँका कर्मचारीले अनलाइनबाट काम गर्न नसकेका ठाकुरले जानकारी दिए ।

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशनका अध्यक्ष श्यामसुन्दर यादवले नयाँ प्रविधिबाट होस् वा पुरानो प्रविधिबाटै होस् कार्यालयले जनताको कामकाज गर्नुपर्ने बताए । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...