नेपाली समय: ०६:३९:१६ बेलुका
वि.सं २०७७ आषाढ २०   शनिवार

अपि पावर कम्पनीले सुरु गर्‍यो अपर नाैगाडबाट विद्युत उत्पादन

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन ७)
News Title

काठमाडौं । अपि पावर कम्पनीको ८.५ मेघावाटको दोश्रो परियोजना अपर नाैगाड जलविद्युत आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । 

अपर नाैगाडबाट उत्पादित विद्युत असोज १० गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी समेत भएको छ। यसबाट उत्पादित बिजुली अत्तरिया–बलाँच सवस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ । यो आयोजनाले सुदूरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपूर्ति हुने जनाइन्छ । 

मंगलबार गरिएको परिक्षण सफल भएको नाैगाडले जनाएको छ । २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत १६० करोड रुपैयाँ छ ।

आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ । यसमध्ये सुख्खा याममा १.१४ करोड र वर्षा यामका चार महिनामा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् । सत्ता संकट चुलिएसंगै प्रधानमन्त्री ओलीले विभिन्न तहमा राजनीतिक...

गोरखा अस्पतालमा उपचारत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट थप एकको मृत्यु भएको छ । गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कतारबाट...

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन...

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको...