नेपाली समय: ०५:३३:२२ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

घरेलु हिंसामा तीन महीना कैदको फैसला

लुम्विनी भ्वाइस (२०७६ आश्विन ८)
News Title

दार्चुला । महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महीना कैदको फैसला सुनाएको छ ।

न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपितत्रयलाई दोषी ठहर गर्दै तीन-तीन महीना कैद र जनही रु २० हजार जरिवानाको फैसला सुनाएको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार किरन सिंहले जानकारी दिए । पीडित महिलाका श्रीमान् नवीनचन्द्र जोशी रोजगारीको सिलसिलामा बाहिर गएको अवस्थामा सासु, ससुरा र जेठाजुले आफूलाई शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना दिएको भन्दै पीडित महिलाले २०७६ वैशाख २ गते जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गराएकी थिइन् ।

कसुर ठहरिएका तीनै जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । मुलुकी अपराधसंहितामा तीन वर्षभन्दा कम कैद सजाय तोकिएका कसुरदारले तोकिएको रकम बुझाएमा कैद बस्नु नपर्ने उल्लेख छ । पीडितको उजुरीका आधारमा जिल्ला अदालत दार्चुलाले कसुर ठहर गर्दै कैद फैसला गरेको भए पनि अदालतको फैसला चित्त नबुझेको हकमा ३५ दिनभित्र कसुरदारले उच्च अदालतमा जानसक्ने कानूनी प्रावधानसमेत रहेको श्रेस्तेदार सिंहले बताए ।

दार्चुला जिल्लामा घरेलु हिंसा कसुर सजायमा मुद्दा दर्ता भएर फैसला सुनाइएको यो पहिलो घटना हो । यसअघि घरेलु हिंसासम्बन्धी उजुरी आए पनि प्रहरीको महिला सेलमै मिलापत्रमा टुङ्गिने गरेको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...