नेपाली समय: ०९:४९:५० राती
वि.सं २०७७ जेठ १९   सोमवार

छाडा चौपाया व्यवस्थापनमा चुनौती

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन ९)
News Title

नेपालगञ्ज ।  नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ ।

गाई, साँढे, सुङ्गुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौको सङ्ख्यामा भेट्न सकिन्छ । पछिल्लो समय दैलेखमा छाड्न लगिएका गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म आइपुगेका छन् ।

यो घटनाले देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो । सो घटनामा केही व्यक्ति दोषी देखिएको सरकारी छानबीन टोलीले पनि ठहर गरेको छ । छानबिन समितिले हिजो गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाउँदै उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गरेको छ । गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका झण्डै तीन सयमध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्ल आसपास क्षेत्रमा मृत फेला परेका थिए ।

यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाडने नेपालगञ्ज उपमहानगरपालिका निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरि चौपाया थुन्ने गरेको छ । नेपालगञ्जको फूलटेक्रामा सानो आकारको काञ्जी हाउसमा सबै छाडाचौपाया नअट्ने भएपछि सो स्थानमा खाली जग्गामा खुल्ला रुपमा छाडाचौपाया थुन्ने गरिएको नगर प्रमुख डा धवलशम्शेर राणाको भनाइ छ । तर, यति गर्दा पनि आफ्नो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ ।

“हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडाचौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?”—नगर प्रमुख राणाको प्रश्न छ । नेपालगञ्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारी भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौंको सङ्ख्यामा पशुयता धपाउने गरिएको छ ।

वर्षात शुरु हुने समयमा खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन बल्झिएको छ । केही समयअघि नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको सङ्ख्या बढेपछि भाले कुकुरको बन्ध्याकरण शिविर नै सञ्चालन गरेको थियो । शिविरमा करीब २०० कुकुरको बन्ध्याकरण गरिएको थियो । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८...

आज फेरी थप ३५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज फेरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत १६, दैलेख ९, सल्यान ९ र अछाममा १ जना गरेर ३५...

कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता

धनगढी । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ...

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी...

रुपन्देहीकोे भीम अस्पतालबाट २५ संक्रमित डिस्चार्ज

रुपन्देही । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका...