नेपाली समय: ०५:२२:०८ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

कुप्रचारका विरुद्द प्रतिक्रिया दिन र यस्ता कुरामा अल्झिन मलाई फुर्सद छैन: मेयर दाहल

लुम्विनी भ्वाइस (२०७६ आश्विन १२)
News Title

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा(नेकपा)की नेतृ तथा भरतपुर महानगरपालिका मेयर रेणु दाहालले पछिल्लो समय भएको कुप्रचारबारे प्रतिक्रिया दिन र यस्ता कुरामा अल्झिन समय नभएको वताएकी छन् ।

मेयर दाहालले भनिन्, 'मेरा विरुद्द भएका कुप्रचारका विरुद्द कुनै प्रतिक्रिया दिन लायक पनि छैनन् र यस्ता कुरामा अल्झिन फुर्सद पनि छैन ।´ लुम्बिनी भ्वाइससंग कुराकानी गर्दै मेयर दाहालले भनिन्, म देश बाहिर रहेका बेला मेरा बिरुद्द लगातार प्रहार भएका रहेछन् । म यसबारे अलिक अनविज्ञ नै छु । तर, पछिल्लो समय आएका मेरा विरुद्दका विभिन्न टिकाटिप्पणीहरु अत्यन्तै तल्लो स्तरका र घृणित अनि कमेन्ट गर्न लायक छैनन् । उछृङ्खल खालका गतिविधि रोक्न त राज्यले कदम चाल्छ होला । अभिव्यक्ति स्वतन्त्रताको नाममा देशमा मुर्दाघाटमा पुगिसकेको राजतन्त्र ल्याउछु भन्नू र जनताको त्याग बलिदानलाई कुल्चिन खोज्नु त म रेणुका विरुद्द मात्रै नभएर राज्य सम्यन्त्रका विरुद्द नै षडयन्त्र हो ।

यसलाई राज्यले आफ्नो ठाउबाट निराकरण गर्ला । भन्ने मेरो बुझाई हो । परिवर्तन विरोधी तत्व सलबलाउन खोज्दै छन तर यसको अर्थ राज्य नै जिते भन्ने होइन । अब हामी एकतावद्द र आन्दोलनको स्पिरिड समातेर राज्य विरोधी तत्वलाई परास्त पार्न लाग्नै पर्छ । यसको विकल्प छैन भन्ने नै हो । यो बारेमा हाम्रो पार्टी पनि संवेदनशिल बनेको छ ।

मैले मेरा विरुद्द भएका घृणित र टिप्पणी गर्न लायक नभएका कुराहरुमा मैले प्रतिक्रिया जनाउन आवश्यक ठानेकी छैन । तर म निरन्तर छलफलमा छु । भर्खरै स्वदेश फर्केकी छु । के हुन्छ या के गर्ने भन्नेबारे विचार परामर्श मै छु ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 47.5%
  • खुसी

  • 10%
  • अचम्मित

  • 8.75%
  • दुःखी

  • 2.5%
  • यस्तै हो

  • 31.25%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...