नेपाली समय: ०८:४६:४१ pm
वि.सं २०७७ जेठ १९   सोमवार

मेयर दाहालको चरित्रहत्या गर्ने बिरुद्ध साईबरक्राइम मुद्दा दर्ता

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १२)
News Title

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जाल फेसबुक लगायतमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटसहरु बिरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ ।

आज दिउसो चितवन जिल्ला प्रहरी कार्यालय चितवन मार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयस्थित साईबर क्राईम ब्युरोमा जाहेरी दिइएको महानगरपालिकाले जनाएको छ । हिजो चितवनमा भएको ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) माथि स्थानियको आक्रमणपछि केहि सामाजिक संजालका प्रयोगकर्ताले मेयर रेणु दाहालका तस्बिर जोडी अर्धनग्न तस्बिर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए ।

अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु सम्प्रेषण हुनु आपत्तिजनक र अमानवीय कुरा रहेकाले महानगरले कानुनी उपचार खोजेको हो । यसबारेमा हामीसँगको कुराकानीमा जिल्ला प्रहरी कार्यलय चितवन  प्रहरी प्रमुख दानवहादुर मल्लले भने, 'महानगर प्रमुख रेणु दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टहरुबारे जाहेरी आएको छ, आवश्यक अनुसन्धान गरि  गलत हर्कत गर्नेहरुको खोजि सुरु भैसकेको छ आवश्यक कानुनी कार्वाही गर्न प्रहरी तत्पर छ  ।' 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 54.08%
  • खुसी

  • 3.06%
  • अचम्मित

  • 6.12%
  • दुःखी

  • 7.14%
  • यस्तै हो

  • 29.59%
  • आक्रोशित

ताजा समाचार

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८...

आज फेरी थप ३५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज फेरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत १६, दैलेख ९, सल्यान ९ र अछाममा १ जना गरेर ३५...

कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता

धनगढी । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ...

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी...

रुपन्देहीकोे भीम अस्पतालबाट २५ संक्रमित डिस्चार्ज

रुपन्देही । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका...