नेपाली समय: ०९:५१:०३ राती
वि.सं २०७७ जेठ १९   सोमवार

समन्वय नहुँदा योजना प्रभावितः मुख्यमन्त्री गुरुङ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १३)
News Title

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताएका छन् ।

पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको टोलीले आज पोखरामा राखेको छलफल एवम् अन्तरक्रियामा उनले सम्बद्ध अधिकारीमा नै जिम्मेवारी र जवाफदेहिता नहुँदा समस्या हुने गरेको बताए ।

सङ्घअन्तर्गत सञ्चालित आयोजना सञ्चालनमा पनि प्रदेश सरकारसँग समन्वय नभएको उनले बताए । भिजिट नेपाल २०२० हचुवाका भरमा घोषणा गरिएको बताउँदै उनले यस सम्बन्धमा सात वटै प्रदेश कसैसँग पनि परामर्श नगरिएको उल्लेख गरे ।

मध्यपहाडी लोकमार्गअन्तर्गत १४२ किलोमिटर सडक खण्ड गण्डकीमा परेको बताउँदै उनले बाग्लुङदेखि बुर्तिवाङ सडक बिग्रेको अवस्थामा रहेको बताए ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सबैको सामूहिक प्रयास भयो भने विकास निर्माणले गति लिने बताउँदै एकापसामा समन्वय हुनु जरुरी रहेको बताइन् ।

आयोजना प्रमुख मुकुन्दराज अधिकारीले बेनी जोमसोम सडक खण्डमा चार वटा ठेक्का रहेको जानकारी दिँदै हालसम्म झण्डै ४७ देखि ५० प्रतिशत भौतिक प्रगति भएको बताए। घाँसा जोमसोम सडक खण्ड कालोपत्र गर्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

उनका अनुसार जोमसोम कोराला सडक खण्डमा सात वटा ठेक्का रहेकामा चार वटाको काम सकिएको छ भने तीन वटाको ५० प्रतिशत भौतिक प्रगति भएको छ । बाँकी योजना सम्पन्न हुन पाँच/६ महीना समय लाग्ने उनले जानकारी दिए ।

सांसद पदम गिरीले भिजिट नेपाल २०२० घोषणा भइसकेका अवस्थामा सडक पूर्वाधार भने पर्यटक ल्याउने अवस्थामा नरहेको बताए । यथास्थितिमा नै पर्यटक ल्याउने हो भने त्यसले राम्रो सन्देश नदिने बताउँदै उnले यसतर्फ गम्भीर बन्नुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले गाउँगाउँमा जथाभावी बाटो खन्ने क्रमले अन्य सडकमा समेत समस्या निम्तने गरेको बताउँदै कोरला नाका खुला गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी क्षेत्री लगायतले पूर्वाधार निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेकामा जोड दिए ।

विकास तथा प्रविधि समितिको टोलीले यही असोज ७ गतेदेखि पोखरा, बेनी, जोमसोम, कोरला सडक खण्डको स्थलगत अध्ययन गरी आइतबार पोखरा आइपुगेको हो ।

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८...

आज फेरी थप ३५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज फेरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत १६, दैलेख ९, सल्यान ९ र अछाममा १ जना गरेर ३५...

कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता

धनगढी । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ...

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी...

रुपन्देहीकोे भीम अस्पतालबाट २५ संक्रमित डिस्चार्ज

रुपन्देही । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका...