नेपाली समय: ०५:१३:१९ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

प्रगतीशिल चेतनाको विकासकालागि प्रदेश १ सरकारले एकेडेमी बनाउने 

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १३)
News Title

विराटनगर । प्रदेश १ का मुख्य मन्त्री शरेधन राईले प्रगतीशिल समाज निर्माणकालागि सरकारले एकेडेमी बनाउन लागेको बताएका छन । 

सोमवार बौद्धिक सरोकार केन्द्रले  विराटनगरमा आयोजना गरको प्राध्यापक डाक्टर गणेश क्षेत्रीले लेखेको ओझेलका यथार्थहरु पुस्तकको बिमोचन गर्दै मुख्य मन्त्री शेरधन राईले सचेतनामुलक समाज निर्माणकालागि प्रदेश सरकारले प्रगतिशिल एकेडेमी बनाउन लागेको बताएका हुन । 

प्रदेश स्तरिय उक्त्त एकेडेमीमा प्रतिष्ठित बिद्धानहरुलाई सहभागी गराएर समाजमा प्रगतिशिल साँस्कृतिक चेतनाको बिकास  गराउने मुख्य मन्त्री राईले बताए । 

उनले हजारौ बर्षदेखी जकडिएर बसेको अन्धबिश्वासी चेतलाई हटाएर प्रगतिशिल चेत निर्माण गर्न प्रदेशका सबै बिद्धान लेखहरुलाई कलम चलाउन आग्रह पनि गरे ।  संघिय गणतन्त्र स्थापना भएर देशमा नयाँ यूग सूरु भैसकेपनि अझै समाजको चेत पुरातन नै रहेकोले नयाँ बनाउनकालागि बिद्धान बर्गहरुलाई आग्रह गर्दै मुख्य मन्त्री राईले भने , – ‘सचेत लेखकहरु सबैले प्रगतिशिल पनबारे कलम चलाउन आवश्यक छ अनिमात्र परिवर्तन सँस्थागत हुनसक्नेछ ।'  

इमान र सकारात्मक सोचको बिकास हुनसकेमात्र नयाँ यूग सँस्थागत हुनसक्ने बताउदै मुख्य मन्त्री शेरधन राईले आडम्बरी चेतले देशको बिकास नसक्ने जनाए । यस्तै उनले भने , –‘कुहिएका , गलेका, सडेका, चिजहरुको भारी बोकेर नयाँ चीज प्राप्त हुनसक्दैन त्यसलाई जरैदेखी उखेलेर फयाँक्नुपर्छ ।'
  
प्राडा गणेश क्षेत्रीले लेखेको ओझेलका यथार्थहरु प्रगतीशिल साँस्कृतिक चेतको बिकास गराउनकालागि फरक दृश्टिकोणबाट लेखिएको पुस्तक अति नै महत्वपुर्ण र सान्दर्भिक रहेको मुख्यमन्त्री राईको टिप्पणी थियो । पुस्तकको प्रंशंसा गर्दै उनले भने ,– ‘यो पुस्तक खराव व्यवहारसँग पौठेजोरी खेल्दै नयाँ मान्यता स्थापित गराउन सफल हुनेछ ।' 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...