नेपाली समय: ०५:०७:४९ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

धौलागिरी अञ्चल अस्पतालको भवन उद्घाटन

लुम्विनी भ्वाइस (२०७६ आश्विन १४)
News Title

गलकोट । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले धौलागिरी अञ्चल अस्पताल बागलुङको सुविधा सम्पन्न ‘बी’ ब्लक भवनको आज उद्घाटन गरेकि छन् ।

विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिश, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लकको हालै मात्र निर्माण सम्पन्न भएको छ ।

सो भवन रु छ करोड ६० लाख ३९ हजार २१४ लागतमा निर्माण सम्पन्न भएको आयोजना कार्यान्वयन एकाइ कास्कीले जनाएको छ । तीन तले सुविधा सम्पन्न उक्त भवनमा ३२ वटा कोठा रहेका छन् । सो अवसरमा मन्त्री पुनले प्रदेश सरकारले जनताको स्वास्थ्यप्रति निकै संवेदनशील भएर स्वास्थ्य क्षेत्रमा बढी लगानी गरिरहेको बताइन् । उनले  गण्डकी प्रदेशको पहलमा जनताले सरकारी अस्पतालबाटै आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण तयार गरिएको उल्लेख गर्दै प्रदेश सरकार मातहतमा रहेका दश अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्ने गरी धौलागिरी अञ्चल अस्पताल अगाडि बढेको जानकारी दिइन् ।

यस वर्ष अस्पतालको उपकरण खरीदका लागि प्रदेश सरकारले रु छ करोड बजेट विनियोजन गरेको पनि उनले जानकारी दिइन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले भवन निर्माणसँगै बिरामीको उपचारमा सहज हुने बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले यो भवनबाट फार्मेसी, प्रयोगशाला, निःशुल्क औषधि वितरण कक्ष, टिकट काउन्टर, हाड जोर्नी तथा नसा रोग विभाग, नाक कान घाँटी रोग विभाग, सर्जरी विभाग, सामान्य उपचार सेवा, भिडियो एक्सरे सेवा विभाग, दन्त सेवा, बालरोग विभाग, स्त्री तथा प्रसूतिलगायतका सेवा प्रदान गर्न थालिएकोे जानकारी दिए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...