नेपाली समय: ०४:३८:०० बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

BREAKING: महरा सरले ममाथि कुनै दुर्व्यवहार गर्नुभएको छैनः रोशनी शाही

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १४)
News Title

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी रोशनी शाहीले सभामुख महराबाट कुनै दुर्व्यवहार नभएको वताएकी छन् । 

जरवजस्ती करणीको आरोप लगाएकी शाहीले महरा  (भर्खरै राजीनामा दिएका) आफ्नो बुवाजस्तो मान्छे भएकाले त्यस्तो सोच्न समेत नसकिने स्थिति रहेको जनाएकी हुन् । शाहीले भनिन्, म डिप्रेशनको औषधि सेवन गरिरहेकी छु । मलाई सानो कुराले छिट्टै तनावमा लैजाने गरेको छ । कर्मचारी समायोजनको क्रममा आफूले चाहेको ठाँउमा नपर्दा रिसले गलत आरोप लगाएको उनले जनाएकी हुन् । 

महराले फोन गरेको तर, कर्मचारी समायोजनबारे सम्झाउनलाई फोन गरेको बाहेक अन्यथा नभएको उनले जनाएकी हुन् । 

यद्यपी महराले बलात्कार आरोप लागेपछि निष्पक्ष, स्वच्छ र स्वतन्त्र अनुसन्धानमा सहयोग गर्न तयार रहेको भन्दै पदबाट राजीनामा दिइसकेका छन् । 
 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 9.62%
  • खुसी

  • 56.2%
  • अचम्मित

  • 5.48%
  • दुःखी

  • 9.17%
  • यस्तै हो

  • 19.53%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...