नेपाली समय: ०५:०४:५० बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ, २ फरार

लुम्विनी भ्वाइस (२०७६ आश्विन १५)
News Title

इनरुवा । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

सोही घटनामा संलग्न भएका २ फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । धरानबाट को१ख ४६२६ नंको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 100%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...