नेपाली समय: ०५:२७:३३ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

लुम्विनी भ्वाइस (२०७६ आश्विन १५)
News Title

राँझा । जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ ।

रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार, रुखमा चढ्ने र रुखकोे हाँगामा बस्ने प्रजातिहरु पुलबाट ओहोरदोहोर गर्दा सडक दुर्घटनामा न्यूनीकरण हुने र जङ्गली जनावर सुरक्षित हुुने आशा गरिएको छ । निकुञ्जले पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा सडकको दायाँ–बायाँ रुखमा डोरी टाँगेर पुल बनाएको छ । जुट र रेशमको डोरी तथा स–साना काठ प्रयोग गरेर पुल निर्माण गरिएको छ । जङ्गली जनावरलाई सडक दुर्घटनाबाट जोगाउन निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गका छ स्थानमा यस प्रकारका आकाशे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको थपलियाले जानकारी दिए । उनले पूर्वपश्चिम राजमार्गको ओभरी–अगैयाकाबीचमा तीन स्थानमा र रत्न राजमार्गको चिसापानी क्षेत्रमा दुई स्थानमा आकाशे पुल सञ्चालनमा ल्याइएको बताए ।

पुलमा कुन वन्यजन्तुले कति प्रयोग गर्छ भन्ने सूचना प्राप्त गर्न कुडे ब्याक कम्पनीले उत्पादन गरेका नौ थान क्यामेरा जडान गरिएको छ । क्यामेरा छ महीनासम्म राखेर नियमितरुपमा अनुगमन गरिने थपलियाले बताए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...