नेपाली समय: ०८:३६:१९ pm
वि.सं २०७७ जेठ १९   सोमवार

उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १५)
News Title

डोल्पा । उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ ।

डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ । शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले बताए ।

“उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप विकराल छ, प्रत्येक चार जनाको जाँच गर्दा एकजना पोजेटिभ भेटिन्छ, यसरी प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गए महामारीकै रुपलिने निश्चित छ”, उनले भने । यस्तो रोग तिब्बतमा धेरै भएकाले त्यहाँका मानिससँगको हेलमेलका कारण रोग भित्रिएको बताउँदै बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटिस बी विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढ्दै गएको डा केसीले बताए । हेपाटाइटिस बी सङ्क्रमित सर्वसाधारणलाई समेत रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।

उपल्लो डोल्पाको धो गाउँमात्रै नभएर, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणलाई समेत सङ्क्रमण देखिएको छ । प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गएको शिविर आयोजक संस्था एकएक पाइला नेपालले जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा एकै घरका सम्पूर्ण परिवारमा हेपाटाइटिस बीको सङ्क्रमण भेटिएको छ । प्राणघातक रोगको रुपमा चिनिने हेपाइटिस बीको पूर्णरुपमा निको पार्ने औषधि हालसम्म नबने पनि असर न्यूनीकरण गर्ने औषधि काठमाडौँमा पाइने बताइएको छ ।

हेपाटाइटिस बी आफैँमा प्राणघातक रोग भएकाले प्रकोप फैलन नदिन रोगीले प्रयोग गरेको सुई, लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले बताइन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८...

आज फेरी थप ३५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज फेरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत १६, दैलेख ९, सल्यान ९ र अछाममा १ जना गरेर ३५...

कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता

धनगढी । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ...

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी...

रुपन्देहीकोे भीम अस्पतालबाट २५ संक्रमित डिस्चार्ज

रुपन्देही । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका...