नेपाली समय: ०४:०३:४८ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

ऋणीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

लुम्विनी भ्वाइस (२०७६ आश्विन १५)
News Title

नेपालगञ्ज । नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ ।

छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर र खजुरा शाखाबाट ऋण प्रवाह भएको देखिएको हुँदा उक्त कुरा सही हो वा होइन भनी जाँचबुझ गर्न ऋणीलाई सम्पर्कमा आउन भनिएको हो । सबै ऋणीलाई ऋणका कागजातसहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आउन अनुरोध गरिएको बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहले बताए ।

ज्येष्ठ नागरिक सम्मान २९औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बाँकेका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । स्वाबलम्बी ज्येष्ठ नागरिक सेवा केन्द्र समाज, निलसागर सेवाआश्रम, भेरी वृद्धआश्रम र नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे, स्वावलम्बी ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष नरबहादुर हमाल ज्येष्ठ नागरिकको योगदानलाई सबैले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।

दिवसकै अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–१३ मा पनि अन्तक्र्रिया तथा विजयादशमी,शुभ दीपवली तथा छठ पर्वको शुभकामना कार्यक्रम गरिएको थियो । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...