नेपाली समय: ०४:४३:५३ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक

लुम्विनी भ्वाइस (२०७६ आश्विन १५)
News Title

विशाखापटनम । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ ।

टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन् । दक्षिण अफ्रिका र भारतबीच तीन वटा टेस्ट खेल हुनेछन् । भारतका लागि एकदिवसीय र टी२० खेलका अनुभवी बिस्फोटक ब्याट्सम्यान रोहित शर्माले यसपटक टेस्टमा पनि प्रारम्भिक ब्याट्सम्यानका रुपमा जिम्मेवारी लिँदैछन् ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले दुई जना विशेषज्ञ स्पिनरलाई खेलाएको छ । स्पिनरद्वय केशव महाराज र डेन पाइडिटले पहिलो टेस्टमा मौका पाएका हुन् । स्पिन बलिङ पनि गर्ने अलराउन्डर सेनुरान मुथुसामीले पहिलो टेस्ट खेल्दैछन् । गत अगस्टमा दुई जना अनुभवी खेलाडी डेल स्टेन र हासिम आमलाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएसँगै दक्षिण अफ्रिकी टिम युवा एवं अपेक्षाकृत कमजोर अनुभव भएका खेलाडीमा निर्भर रहनु परेको छ ।

भारतीय टिममा कप्ताल विराट कोहली सहित अजिन्क्य राहाणे, रोहित शर्मा, मयन्क अग्रवाल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, हृद्दिमन साह, इशान्त शर्मा र मोहम्मद शामी रहेका छन् । उता दक्षिण अफ्रिकी टिममा कप्तान फाफ डु प्लेसिस सहित आइडेन मार्कराम, डिन एल्गार, थेनिस डी ब्रुएन, टेम्बा बाभुमा, क्विन्टिन डी कक, भर्नन फिलान्डर, सेनुरान मुथुसामी, केशव महाराज, डेन पाइडिट र कागिसो राबाडा रहेका छन् ।

पहिले ब्याटिङ गरिरहेको भारतले ३७ ओभरमा बिना विकेटको क्षतिमा ११० रन बनाएको छ । भारतका लागि रोहित शर्माले व्यक्तिगत ५९ तथा मयन्क अग्रवालले ५१ रन बनाएका छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...