नेपाली समय: ०५:३८:३६ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको खचाखच

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १५)
News Title

गलेश्वर । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् ।

विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन् । मौसम प्रतिकूल भए पनि शरद ऋतुको शुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकको आगमन बढीरहेकाले यहाँका होटल खचाखच भरिएका इलाका प्रहरी कार्यालय घोडेपानीका प्रमुख सर्वजित गुरुङले बताए ।

कास्कीको पोखरा–नयाँ पुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी–महरेडाँडा हुँदै पुनहिलमा जानेमा अधिकांश चीन, वेल्जियम, इटली, जर्मन, इजरायल, फ्रान्स, अमेरिका, कोरिया, बेलायत, भारतलगायतका मुलुकका पर्यटक भ्रमणका लागि आएका इलाका प्रहरी कार्यालयका प्रमुख गुरुङको भनाइ छ । नौ जना चिनियाँ पर्यटकलाई लिएर घोडेपानी आएका पर्यटक गाइड सन्तमान गुरुङले मौसम प्रतिकूल भएका कारण पर्यटकले घोडेपानी र पुनहिलबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न नपाएका बताए । “दैनिक ३५० को हाराहारीमा पर्यटक आउँछन्’ । कास्की क्षेत्रबाट आउने अत्याधिक छन्” उनले भने ।

यहाँ आएका पर्यटक दुई-तीन दिनसम्म घोडेपानी,पुनहिल तथा आसपासका क्षेत्रमा रमाउने गर्दछन् । समुदी सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित घोडेपानीमा मनोरम हिमशृखला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपक्षी, वनस्पतीको साथै सूर्योदयको अवलोकन, स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने गरिएको स्थानीय होटल व्यवसायी पूर्णबहादुर पुनले जानकारी दिए । ‘मौसम खराबीका कारण अन्य पर्यटकीय क्षेत्रमा जान नसकेका समेत आएका छन्’ उनले भने । मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४८ घरधुरी रहेकोमा अधिकांशले पर्यटन व्यवसाय गरी बसेका छन् । चार दशकअघि अन्नपूर्ण पदयात्रा मार्ग शुरु भएपछि बाटो हिँडने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै अहिले सुविधा सम्पन्न होटल बनेका छन् । 

पर्यटकलाई लक्षित गरेर स्थानीय आमा समूह र होटल व्यवसायी समितिले सरसफाइमा नमूना बनाउने प्रयास गरिरहेको छ । पर्यटकको आगमन बढ्दै जान थालेपछि प्रहरीले पर्यटकको सुरक्षाका लागि विभिन्न गस्ती गर्न थालेको छ । विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी १७ देखि १९औँ दिनको सुन्दर गन्तव्य हो । ४५ वर्षअघि २०३२ सालदेखि घोडेपानीमा बस्ती विस्तार भएसँगै होटल व्यवसायले फड्को मार्न थालेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।

शुरुमा टहरो बनाएर होटल व्यवसाय शुरु गरेका यहाँका व्यवसायीले अहिले करोडौं रुपैयाँ खर्च गरेर विदेशी पर्यटक लक्षित सुविधा सम्पन्न होटल सञ्चालन गरेका हुन् । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...