नेपाली समय: ०३:४०:५३ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

महरा प्रकरणः आफुमाथी कुनै दुर्व्यवहार नभएको दाबी गर्दै रोशनीद्वारा प्रहरीमा निवेदन दर्ता

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १६)
News Title

काठमाडाैँ ।   निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी महिलाले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । 

 उनले  आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै  महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले  निवेदन दर्ता गराएको पुष्टि गरे ।

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् ।

उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् । 

एक अनलाइनले महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् । 

संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...