नेपाली समय: १०:२९:३० राती
वि.सं २०७७ जेठ १९   सोमवार

बाढीपीडितलाई राहत वितरण

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १६)
News Title

गलेश्वर । असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ ।

समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी नगरपालिका–२ का जनप्रतिनिधि र अष्ट्रेलियामा रहेका बगरफाँटवासीले राहत सहयोग गरेका हुन् । समाज कल्याण परिषद्को तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाढीपीडित पार्वती परियारलाई रु ६० हजार, अनिता परियारलाई रु ४० हजार, दिलप्रसाद जुग्जाली र राममाया परियारलाई रु ३०÷३० हजार, रमेश परियार, रेशम परियार, विष्णु परियार र सेते किसानलाई रु १०÷१० हजारका दरले राहत रकम प्रदान गरेको हो ।

त्यसैगरी बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापा, कार्यपालिका सदस्य गौमती नेपाली, डम्मर पोखरेल र चन्द्र कुँवरले आफूले पाएको पारिश्रमिकबाट रु ५१ हजार बाढीपीडित राहत सहयोग व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजाललाई हस्तान्तरण गरे। त्यस्तै अष्टे«लियामा रहनुभएका बगरफाँटका दीपक कार्कीको नेतृत्वमा सङ्कलन भएको रु ६१ हजार ८०० बैंक खातामा जम्मा भएको भौचर पनि स्थानीयवासी पदमपाणि शर्माले समितिका अध्यक्ष रिजाललाई हस्तान्तरण गरेको थियो ।

विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले सात परिवारलाई एक÷एक बोरा चामल र एक÷एक थान ब्ल्याङ्केट सहयोग गरेको छ । सो अवसरमा हलकरा चन्द्रबहादुर क्षेत्रीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हुलाक अधिकृत साधना श्रेष्ठले जानकारी दिए ।

बाढीपीडितको घर पुनःनिर्माणका लागि सञ्चालित अभियानमा हालसम्म रु दुई लाख ७१ हजार सङ्कलन भएको राहत सहयोग सङ्कलन तथा व्यवस्थापन समितिका सचिव उषा घर्ती घिमिरेले जानकारी दिए ।

बाढीले क्षति गरेको बुद्ध एकेडेमीको तीव्ररुपमा पुनःनिर्माण कार्य भइरहेको छ । सो अवसरमा मन्त्री थापाले बाढीपीडितलाई पुर्नवासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुका साथै सरकारले पनि सहयोग गर्ने बताएका  छन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतका झन्डै ५ सय बढी कर्मचारी बिचल्लीमा

काठमाडौं । देशमा लकडाउन भएको ६७ दिन पुगिसक्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन) ले परामर्शदाता मार्फत खटिएका झन्डै ५०० कर्मचारीहरुलाई कामको जिम्मेवारीबाट...

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८...

आज फेरी थप ३५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज फेरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत १६, दैलेख ९, सल्यान ९ र अछाममा १ जना गरेर ३५...

कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता

धनगढी । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ...

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी...