नेपाली समय: ०५:३३:४९ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

बिदाको दिनमा पनि बजार अनुगमन

लुम्विनी भ्वाइस (२०७६ आश्विन १६)
News Title

काठमाडौँ । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका  छन् ।

सुवेदीले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताएका छन् । केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी गराउन गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

आपसी सद्भाव, मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै मन्त्रालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको सूचनामार्फत जनाएको छ । मन्त्रालयले यातायात व्यवसायी, थोक तथा खुद्रा विक्रेतालाई आम उपभोक्ताको सेवा पु¥याउन अनुरोध गरेको छ ।

अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानूनअनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । दिपावली र छठका अवसरमा प्रयोग हुने पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थका कारण सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पुग्ने र चोटपटक तथा आगलागीसमेत हुने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गर्दै बेचबिखन र प्रयोग गरेको पाइएमा कारवाही गर्ने मन्त्रालयद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...