नेपाली समय: ०४:२५:५३ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

फिल्मी शैलीमा टेस्ट ड्राइभ गर्छु भनेर पल्सर २२० चोरी !

लुम्विनी भ्वाइस (२०७६ आश्विन १९)
News Title

काठमाडाैं । टेस्ट ड्राइभ गर्ने बहानामा बजाज क्मपनीको पल्सर २२० सीसी इन्जिन क्षमताको मोटरसाइकल चोरी भएको छ । 

फिल्मी शैलीमा मोटरसाइकल चोरी भएको हो । एकजना अपरिचित युवाले सेकेण्ड ह्याण्ड बाइक चाहिएको भन्दै चाबहिलस्थित गंगाहिटीका एक व्यापारीलाई भनेपछि उनले आफ्नो भाइको मोटरसाइकल वेचिदिने चाजोपाजो मिलाए । 

मोटरसाइकल नहेरीकनै चोरले बाइकको मूल्य तोकिदियो २ लाख २५ हजार । बा९८प ६४३२ नम्बरको मोटरसाइकल वेच्ने तयारी भएपछि दैलोज क्याफे चाबहिलमा एकछिन बसेर छलफल जस्तो भयो । त्यसपछि चोरले बाइक टेस्ट ड्राइभ गर्छु भनेर हुइँक्यायो । ए भाई पर्ख न म पनि जान्छु भन्दा उ टाप कस्यो । बाइक चोरी भयो । 

यस्तो थियो घटनाक्रमः

बाइक चोर ४/५ दिनदेखि त्यो क्षेत्रमा आउने बस्ने चिया चुरोट खाने गर्थ्यो । उ सधै बिहान ७ बजे नै आउथ्यो र साझँ ८ बजे फर्किन्थ्यो । किराना पसल चलाउदै आएका राजेश खड्का (राजेन्द्र) पसलमा व्यस्त हुन्थ्ये । तर, त्यो चोर बेलाबेलामा आएर दाई मलाई एउटा पल्सर २२० चाहियो, छ भने कतै हेरिदिनुस न है भनेर भन्न थाल्यो । उनले त्यसैमा भाईको बाइक वेच्ने निर्णय गर्न पुगे । उनले चाबहिलको गंगाहिटीमा पसल चलाउन थालेकै ९ वर्ष भइसकेको छ । त्यो क्षेत्रका व्यापारी उनले उसको नाम नी सोधेनन् । ठेगाना सम्म सोधेनन् । तर उसले एउटा फोन नम्बर दिएको थियो । त्यो नम्बर अर्कैको परेछ । 

२०१७ मोडलको मोटरसाइकल झण्डै १६ हजार हाराहारीमा गुडेको हुँदो हो । 3EY3HCF65173 च्यासिस नम्बर र  DLC4CHF54780 इन्जिन नम्बर भएको २२० पल्सर यसरी एकाएक चोरी होला त्यो पनि किन्छु भन्ने मान्छेबाट राजेन्द्रलाई शंका नै लागेन । 

उसको कुरा सुनेपछि राजेन्द्रले आफ्नै भाइको कालो रातो रंगको २२० पल्सर मोटरसाइकल वेच्ने निर्णय गरे । चोरले मोटरसाइकल नहेरीकन नै मूल्य तोकिदियो २ लाख २५ हजार । उनी भनेको भन्दा केहि राम्रो दाम आउने देकेपछि मख्ख परे । 

चोरलाई आफ्नै मोटरसाइकलमा बोकेर पुगे, दैलोज क्याफे अगाडी । उसले त्यहाँ आफ्ना केहि साथीहरु समेत तयार पारेर राखेको रहेछ । तर, उनलाई यसबारे कुनै जानकारी नै भएन् । क्याफेमा चोरका साथीहरु समेत रहेछन् । त्यसको समेत वास्ता भएन् । मोटरसाइकल वेच्ने हतारो न थियो । 

चोरले मोटरसाइकल टेस्ट ड्राइभ गर्छु भन्दा बाइकको चाबी दिएका राजेन्द्रले ए भाई नभन्दै उसले बाइक स्टार्ट गरेर हिडिसकेको थियो । एकछिन त पछाडी पछाडी कुदे । तर, उनको केहि सीप चलेन । बाइक चोरी भयो । प्रहरीलाई उनले फोन गरेर जानकारी गराए तर, बाइक भने पत्तो लागेन् । 

उनी बाइक चोरीको पीडाले रनथनिएर ट्राफिक कार्यालय बग्गीखाना पुगे । त्यहाँ उनले देखे त्यहि चोरको फोटो । त्यो पनि बाइक चोरको लिस्टमा । 

फेरी दैलोज क्याफेमा पुगेर सीसी टिभि फुटेज हेरे । त्यहाँ बाइक चोरीको सबै घटना रेकर्ड भएको रहेछ । उनी अवाक बने । चोरले कसरी झुक्यायो भन्नेबारे उनी आजसम्म अचम्मित बन्छन् । उनी मोटरसाइकल प्रहरीले फेला पारिदिन्छ की भनेर आशा भने मारेका छैनन् । उनले उजुरी सम्बन्धित निकायमा दिएका छन् । तर, मोटरसाइकल भेटिएला नै भनेर भने ढुक्क छैनन् ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 40%
  • अचम्मित

  • 40%
  • दुःखी

  • 20%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...