नेपाली समय: ०४:२७:४५ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

निवर्तमान सभामुख महराविरुद्ध पक्राउ पुर्जी जारी !

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन १९)
News Title

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडाैंले पक्राउ पुर्जी जारी गरेको छ । 

जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले याैन दुराचारको आरोप लागेका महराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । महरालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाउन अदालतले आदेश दिएको छ । 

निवर्तमान सभामुख महरालाई प्रतिनिधिसभा सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै गएको शनिबार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् । 

महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार शाहीद्वारा महराविरुद्ध जाहेरी परेपछि प्रहरीले आज आइतबार अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । शनिबार अदालत बन्द हुने भएकाले आइतबार मात्रै नेपाल प्रहरीले अदालतसमक्ष महरालाई पक्राउ गर्न अनुमति मागेकाे हाे ।

जिल्ला अददालत काठमाडाैंले असोज १० गते दशैं बिदाको बेला पक्राउ पुर्जी जारी गर्न भन्दै बिहान ११ बजेदेखि ३ बजेसम्म पक्राउ पुर्जी जारी गर्न सार्वजनिक रुपमा सुचना जारी गरेको थियो । असोज १२ गतेदेखि २६ गतेसम्म शनिबार दशैंको दिन बाहेक पक्राउ पुर्जी जारी गर्ने सुचनामा उल्लेख छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 15%
  • खुसी

  • 10%
  • अचम्मित

  • 55%
  • दुःखी

  • 15%
  • यस्तै हो

  • 5%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...