नेपाली समय: ०४:५८:२९ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

याैन दुराचारको आरोपमा अदालतको आदेशपछि महरालाई पक्राउ गर्ने प्रहरीको तयारी !

लुम्विनी भ्वाइस (२०७६ आश्विन १९)
News Title

काठमाडाैं । निवर्तमान प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तयारी अगाडी बढाएको छ । 

प्रहरी उच्च स्रोतका अनुसार महहरा निवासमा समेत उच्च निगरानी राखिएको छ । पीडित महिला रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोपसहित बानेश्वर प्रहरीमा जाहेरी दिएपछि आइतबार प्रहरीले जिल्ला अदालत काठमाडाैंमा महराविरुद्ध पक्राउ पुर्जीका लागि आदेश माग गरेको थियो । जिल्ला अदालतिका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाउन अनुमति दिएपछि प्रहरीले सकेसम्म आजै पक्राउ गर्ने तयारी ृालेको हो । 

विहानैदेखि महरा निवासमा प्रहरीले सक्रियता बढाएको थियो । अदालतको आदेशपछि प्रहरीले सम्बन्धित निकयासँगको परामर्शमा पक्राउ गर्ने तयारी थालेको प्रहरी स्रोतले जनाएको छ । 

महराले आफूलाई बलात्कार गरेको भन्दै बयान दिएकी रोशनीले बयान फेर्दै उनी बाउ समानको मान्छे भएको बताएकी थिइन् । तर, त्यसको केहिदिन पछि हिजोज शनिबार प्रहरीमा बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन् । भने, त्रिवि शिक्षण अस्पतालमा उनको स्वास्थ्य जाँच समेत भइसकेको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 100%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...