नेपाली समय: ०५:०९:०० बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

दशैंको मुखैमा गाडी दुर्घटना, एकको मृत्यु, दुईजना गम्भीर घाइते !

१० यात्रुमध्ये एकको मृत्यु, दुई गम्भीर घाइते अन्य ७ सामान्य घाइते
लुम्विनी भ्वाइस (२०७६ आश्विन १९)
News Title

सुर्खेत । नेपालगञ्जबाट जुम्लाका लागि छुटेको बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

सुर्खेतको विरेन्द्रनगर-१४ स्थित रातानाङ्लामा भे१ज १०८४ नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा जुम्लाका हिमा गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको उपचारको क्रममा मृत्यु भएको हो । भने अन्य दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

घाइते हुनेमा जुम्ला चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन् । घाइतेहरुको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ सुर्खेत प्रहरीले जनाएको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 100%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...