नेपाली समय: १०:१३:०४ राती
वि.सं २०७७ जेठ १९   सोमवार

कृषि ॠण कम्तीमा पनि ३० प्रतिशत हुनुपर्छ: प्रभु साह

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ आश्विन २१)
News Title

गौर । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कृषि ॠण कम्तीमा पनि ३० प्रतिशत हुनुपर्ने माग गरेका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा सोमबार रौतहटको फतुवा बिजयपुर नगरपालिका-९, खैरामा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले किसान, गरीब तथा विपन्न वर्गलाई कर्जा प्रवाह सहज तथा प्रभावकारी बनाउन माग गर्दै कम्तीमा पनि ३० प्रतिशत हुनैपर्ने बताए । 

मुलुकको प्रमुख आर्थिक स्रोत कृषिमा आधारित भएको तथा ६० प्रतिशतभन्दा बढी नेपाली कृषिमा आश्रित एवम कुल ग्राहस्थ उत्पादनमा कृषिको ३० प्रतिशत योगदान रहेको उल्लेख गर्दै अध्यक्ष साहले भने, "जुन देशको ६०/६५ प्रतिशत जनता कृषिमा आश्रित छन् त्यहाँ १० प्रतिशत मात्र कृषि कर्जा प्रवाह भयो कृषि आधुनिक कसरी हुन्छ? कृषि आधुनिक भएन भने समृद्धिको यात्रा कसरी पूरा हुन्छ ? कृषिमा १० प्रतिशत लगानी त्यसमा पनि ब्याज अनुदान जो सरकारले दिइरहेको छ त्यसबाट बिचौलिया, चाटुकार र बैंकका भ्रष्ट कर्मचारीले लाभ लिइरहेका छन् । वास्तविक किसान, गरीब र विपन्न कहाँ त्यसको लाभ पुग्न नसक्नुमाथि नियमन होस । यदि वास्तविक पक्षमा त्यसको लाभ पुर्याउन सकिदैन भने चाटुकार र भ्रष्ट कर्मचारीकोमा पुर्याउन बन्द गरियोस् र कम्तीमा पनि ३० प्रतिशत कृषि ॠण प्रवाह हुनुपर्छ ।"

यस विषयमा आफुले बारम्बार सदनमा आवाज उठाइरहेको जिकिर गर्दै उनले जसरी पनि यसको कार्यान्वयन गराउनमा सबै लाग्न पर्ने बताए । असत्यमाथि सत्यको विजयको खुसियालीको रुपमा दशै मनाइरहँदा समाजबाट गलत प्रवृत्ति र बेथिति अन्त्य गर्न सबै जना अग्रसर हुन सांसद साहको आग्रह थियो । ग्रामीण बिकासका लागि जनता स्वयं सक्रिय भएर सरकारसंग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउदै सांसद साहले स्वाभिमान र सम्मानसहितको समाज निर्माणमा लाग्न सबैलाई आगरह गरे ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

कोरोना भाइरसबाट विश्वमा ३ लाख ७४ हजार भन्दा बढीको मृत्यु, ६२ लाख ७८ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८...

आज फेरी थप ३५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज फेरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत १६, दैलेख ९, सल्यान ९ र अछाममा १ जना गरेर ३५...

कोरोना जोखिम हुन नदिन बाजुरामा उच्च सतर्कता

धनगढी । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित एक बालिकाको मृत्यु भएपछि बाजुरा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने सबै नाकामा जाँचलाई कडाइ...

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी...

रुपन्देहीकोे भीम अस्पतालबाट २५ संक्रमित डिस्चार्ज

रुपन्देही । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका...