नेपाली समय: ०३:५९:५३ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

दशैंको टीकाकै दिनः पत्नीको शव बाकसमा, छोरीको शव बोरामा आफू झुण्डिएर आत्महत्या

पत्नी र छोरीको हत्यापछि झुण्डिएर पतिले गरे आत्महत्या !
लुम्विनी भ्वाइस (२०७६ आश्विन २२)
News Title

सुनसरी । सुनसरीको इटहरीमा एकै परिवारमा तीनजना मृत अवस्थामा भेटिएका छन् । 

पति, पत्नी र छोरी मृत अवस्थामा भेटिएका हुन् । इटहरी-१७ मा दशैंको टिकाकै दिन राकेश शर्मा झुण्डिएको अवस्थामा, पत्नी पुनम बाकस र छोरी स्वस्तिका बोरामा भेटिएका हुन्  ।

घरभित्रै टिनको बाकसमा पुनम र बोराभित्र स्वस्तिका फेला परेको एटहरी प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राकेशले पत्नी र छोरीलाई हत्या गरेपछि आफू समेत झुण्डिएर आत्महत्या गरेको हुनसक्ने जनाइएको छ । 

लामो समयदेखि राकेश र पुनमबीच घरायसी विवाद भइरहेको स्थानीयले जनाएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 14.29%
  • अचम्मित

  • 85.71%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...