नेपाली समय: ०४:०४:५४ बिहान
वि.सं २०७६ कार्तिक ५   मंगलवार

महरामाथि सरकारले देखाएको तदारुकता शेरधन राई र विष्णु पाैडेलमाथि किन देखाउदैन ?

नेकपा विधिको शासनको कुरा गरेर नेताहरुमाथि अन्यायको चाङ थुपार्न खोज्दैछ
लुम्विनी भ्वाइस (२०७६ आश्विन २२)
News Title

महरालाई जेल हाल, स्वतन्त्र छानविन गर, दोषी प्रमाणित भएको खण्डमा अरुलाई भन्दा केहि समय धेरै जेल हाल, उनले अपराध गरेका रहेछन भने एउटा उदाहरण बनाएर देखाउ तर, सत्ता शक्ति र बाह्य चलखेलको इसारामा व्यक्तिलाई सखाप पार्ने खेल बन्द गर । अनि पार्टीमा एकपटक शेरधन र विष्णुमाथि यसरी नै कदम चाल । अनि छातीमा हात राखेर भन्नेछु । देख्याै नेकपाले कानुनको पालना गर्न भन्दा अरु केहि जान्दैन् । पूर्वमाओवादी पूर्वएमाले भनेर विभेद गर्दैन् । पार्टी एकता भइसक्यो । केहि थान नेताहरुको मन र पद मात्रै एकता भएको छैन् ।

काठमाडाैं । नेपाल कमयुनिष्ट पार्टी (नेकपा)को पार्टी जीवनमा केहि उतारचढाब यति छिट्टै आए की जसका कारण दशैंको मुखमा आम नेताहरु खुलेर बोल्न लेख्न सकेका छैनन् । 

नेपालको इतिहासमा सबैभन्दा ठूलो गैरराजनीतिक पक्राउ कार्यक्रम थियो । राजनीतिले कोल्टे फेरेजस्तै अनुभव हुन थालेको थियो । परस्पर विरोधाभासपूर्ण कुराहरुले नेपली राजनीति तरंगित बन्दे थियो । फेसबुक लगायत सामाजिक सञ्जालका इबक्सहरुमा यस्ता म्यासेजहरु आउन थाले जो कुरा बाहिर पोस्ट गर्दा ठूलै भुकम्प उत्पन्न हुन्थ्यो । यो परिघटना अरु केहि नभएर थियो निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ प्रकरण । 

राजनीतिक रुपमा यसरी पक्राउ पर्नेमा प्रधानमन्त्री भइसकेका मान्छे पनि थिए होलान । तर, महरा भने राजनीतिक रुपमा नभएर जघन्य अपराधको रुपमा मानिएको बलात्कार प्रकरणमा पक्राउ परेका थिए । जनयुद्ध थाल्दा पर्दा पछाडीबाट कुटिल चाल चल्न सक्ने नेता यस्तो घृणित कुरामा पक्राउ परेको सुन्दा आमरुपमा मानिसलाई उनीबाट यस्तो काम भयो भनेर विश्वास लाग्ने संभावना कम थियो । तर, हाम्रा मिडियादेखि देशी विदेशी तत्वहरु यो प्रकरणलाई अन्तराष्ट्रियकरण गरेरै भएपनि महराको राजनीतिक कदलई ढाल्न चाहन्थ्ये । केहि हदसम्म सफल भए पनि । 

एउटी डिप्रेशनको सिकार भएकी महिलाले महरालाई बलात्कार प्रयासको आरोपमा प्रहरीमा मुद्धा दायर गरेकी थिइन् । जसका कारण रातारात महराका विरुद्ध विभिन्न शक्तिकेन्द्रहरु चलमलाए । अन्ततः उनलाई हिरासतको कालो कोठरीमा लैजान सफल भए । घटना चरणबद्धरुपमा अगाडि बढ्दै छन् । नजिकबाट नियाल्दा समेत यो घटनाले मनमा चिसो पसाल्छ नै । महराको स्वास्थ्य स्थिति समेत ककमजोर बन्दे गएको छ । श्वासप्रश्वास प्रक्रियादेखि ब्लड प्रेसर सम्म असन्तुलित बनेको छ भने दशैंको दिन उनी हिरासत मै जीवन काट्न बाध्य बनाइए । जुन शासन व्यवस्था ल्याउन ज्यानको बाजी लगाएर लडे त्यहि शासन व्यवस्थाले आज उनलाई दोषी करार गर्ने ध्याउन्नमा छ । विधिको शासनको कुरा गर्दै उनीमाथि विभिन्न चालबाजीहरु चलिदैछन् । हेराैं त्यो श्रृङखला कहिले सम्म चल्छ र चल्नेछ ।  

यी यति कुरा गरिसकेपछि आन्तरिक पार्टी जिवनबारे केहि कुरा गर्नु सान्दर्भिक हुनेछ भन्ने सोचेर केहि वृतान्त राख्ने जमर्को गरें । नेकपामा दुधले नुहाएका नेताहरुको खोजी हुनु जरुरी जस्तै बन्न पुगेको देखिने गरि महरा प्रकरणमा देखिएको दृश्यका कारण पार्टीको आन्तरिक कुरा खोतल्ने कोसिस गरेको हुँ । 

केहि समय पहिलेदेखि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्ध तत्कालीन नेकापका एमाले नेतृ समेत रहेकी बालिका खड्काले आफूमाथि याैन हिंसा भएको भन्दै पार्टीका विभिन्न स्थान र तहमा निवेदन दिइन् । आजपनि उनले राईले आफूमाथि याैन हिंसा गरेको भन्ने कुरा गरिराखेकी छन् । राईले आफूमाथि गरेको हिंसाको कुरा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत जानकारी गराएको वताउदै आएकी छन् । तर, पार्टीले मुख्यमन्त्री राईलाई शक्तिको एउटा पीठ जस्तै गरेर राखेको छ । पार्टीका कुनै बैठक वा भेलामा यस्ता कुराले स्थान पाउदैनन् । 

पाउने आधार नै नभएको त पक्कै होइन होला । उनीमाथि पनि महरालाई लागेको जस्तै आरोप लागेको छ । उनी दुधले नुहाएको जस्तै मुख्यमन्त्री पदमा बस्न सफल भएका छन् । उनलाई हुक गर्ने नेताहरु कुर्सीमा मात्रै छैनन् । शक्तिमा समेत छन् । राईमाथि ठुला भनिएका नेताहरुको आशिर्वाद छ । उनीबारे धेरै बोलेर जोखिम मोल्ने दुस्साहस कसले गर्ने । 

अर्को कुरा पार्टी कै महासचिव विष्णु पाैडेलको कुरा पनि प्रष्टै छ । बालुवाटार सरकारी जग्गा प्रकरणमा उनको नाम मात्रै जोडिएको होइन । उनले जग्गा किनेर बेच्न समेत भ्याइसकेका छन् । स्रोतका अनुसार महासचिव पाैडेलले जग्गा सेटिङ मिलाइ दिए वापत वकस पाएका हुन रे । जे सुकै होस्, उनले सरकारी जग्गामाथि खेलवाड गरेकै हुन् । तर, उनले आजसम्म कुनै अपराध गरेको भनेर नेकपामा कसैले भन्न समेत सकेको छैन् । उनी शक्ति र सत्ताको वरिपरी छन् । उनलाई वचाउ गर्ने माथिल्लो तहमा बसेका छन् । देश विदेशीको आँखाको कसिङगर बनेका छैनन्  ।

राष्ट्रप्रतिको घात थियो पाैडेल प्रकरण । उनले शक्तिशाली मान्छे बस्ने स्थान ओगटेर बसेका थिए । किनवेच गरेर आम्दानि समेत गरेका थिए । तर, यसका लागि वनेको छानविन समितिले उनको नामको कुनै छेउटुप्पो समेत लेखेन । समितिलाई पनि डर हुँदो हो । यीनका बारेमा कतै उल्लेख गरेपछि फेरि बन्ने समितिमा नपरुँला । 

यसरी एकपछि अर्को बदमासी र दुस्साहसपूर्ण घटनामा नेताहरुको नाम जोडिएपनि किन महरा मात्रै छानविनका लागि योग्य भए ? के उनी पूर्वमाओवादी भएकै कारण निशानामा परे ? जनयुद्धलाई शान्ति प्रक्रियामा लैजान पहल गर्ने नेता भएका कै कारण परे ? इन्डोप्यासिफिक सम्झाैतालाई अगाडी लैजान नचाहेको कारण या अन्य कुनै कारण ? की पूर्वएमाले नभएका कारण ? यसको जवाफ समयले खोज्ला समयलाई नै छाडिदिउँ । तर, समयले यति मात्रै त पक्कै नखोज्ला ? पार्टीभित्र र बाहिर भएका कयाैं गलत कामहरुको खोजी त गर्ला नी ।

दशैंको मुखमा पक्राउ परेका महराका कारण अहिले नेकपाका नेता मात्रै नभएर केहि थान मन्त्रीहरु समेत भन्न थालेका छन्, देख्याै ! नेकपाको सरकार गणतन्त्र स्थापना गर्न पद हेर्दैन । मान्छेले गरेको गल्ती र कसुरलाई प्राथमिकता दिन्छ । यसैमा ती मनुवाहरुलाई भन्न मन छ । खोई शेरधन राई, महासचिव विष्णु पाैडेलमाथि छानविन गरेको ? तिम्रा हावादारी कुरा बन्द गर । तिमिपनि कतैबाट परिचालित छाै । महरालाई मात्रै देख्छाै । महरा बाहेक अरु त तिम्रा प्रिय नेताहरु परिहाले नी होइन ?

नेपाल प्रहरीले देखाएको चासोलाई ठिक मान्न सकिएला । तर, आदेशको शिरोपर गर्नका लागि जसरी सत्ताकासामू लम्पसार पर्यो त्यसले उनको चरित्र समेत उदांगो पारिदिएको छ । अझ भन्नुपर्दा आइजीपीको जागिर समेत धरापमा छ । उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । उनी यतिबेला सत्तालाई लोभ्याउने प्रयत्नमा छन् । सत्ताले भनेको कुरा प्रमाणित गेर देखाउन तल्लिन छन् । उनलाई यो थाहा छैन की आफै कतिबेला यसरी नै हिरासत जान पर्ने हो या जागिरबाट हात धुन पर्ने हो भनेर ।

महरालाई जेल हाल, स्वतन्त्र छानविन गर, दोषी प्रमाणित भएको खण्डमा अरुलाई भन्दा केहि समय धेरै जेल हाल, उनले अपराध गरेका रहेछन भने एउटा उदाहरण बनाएर देखाउ तर, सत्ता शक्ति र बाह्य चलखेलको इसारामा व्यक्तिलाई सखाप पार्ने खेल बन्द गर । अनि पार्टीमा एकपटक शेरधन र विष्णुमाथि यसरी नै कदम चाल । अनि छातीमा हात राखेर भन्नेछु । देख्याै नेकपाले कानुनको पालना गर्न भन्दा अरु केहि जान्दैन् । पूर्वमाओवादी पूर्वएमाले भनेर विभेद गर्दैन् । पार्टी एकता भइसक्यो । केहि थान नेताहरुको मन र पद मात्रै एकता भएको छैन् ।

लेखक रविन गुरुङ नेकपा काठमाडाैं जिल्ला कमिटी सदस्य हुन् । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 63.79%
  • खुसी

  • 6.9%
  • अचम्मित

  • 5.17%
  • दुःखी

  • 17.24%
  • यस्तै हो

  • 6.9%
  • आक्रोशित

ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्केका छन्। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय...

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।   विप्लव नेतृत्वको नेकपाका सर्लाही...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।...

महरा सर ! जनयुद्ध, शान्ति प्रक्रिया, सभामुख हुँदै बलात्कार आरोपीसम्म !

काठमाडाैं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रत्येक दिन नयाँ रहस्य खुल्दै गएका छन् ।  घटनाक्रमको विकासलाई हेर्दा उनीमाथि षडयन्त्र भएको भन्न सकिने आधारहरु प्रशस्त...

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकी छन् । म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ...