नेपाली समय: ०६:४६:४६ बेलुका
वि.सं २०७६ कार्तिक २६   मंगलवार

भारतीय नागरिकका कारण नेपालगञ्जमा फिल्म व्यापार फस्टाउँदै

लुम्विनी भ्वाइस (२०७६ आश्विन ३०)
News Title

बाँके ।  भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ ।

नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् ।

भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ फस्टाएको छ । सीमावर्ती भारतीय बजार र गाउँका भारतीय नागरिक फिल्म हेर्न नेपालगञ्ज आउने गरेका छन् । क्युएफएक्स बागेश्वरी सिनेमाज सञ्चालनमा आएपछि सीमावर्ती बजार रुपैडिया, नानपारा मात्र होइन, बहराइजसम्मबाट भारतीय नागरिक नेपालगञ्जमा आउने गरेका छन् । क्युएफएक्स बागेश्वरीमा फिल्म हेर्न आइरहने रुपैडियाका व्यापारी सुशील रावले भने, “हाम्रोतिर क्युएफएक्स हल छैन । नजिक भनेको नेपालगञ्ज हो, त्यही भएर हिन्दी फिल्म लागेका बेला नेपालगञ्ज पुग्छौँ ।” रुपैडियाबाट नजिक लखनऊमा सुविधासम्पन्न हल छन् । त्यहाँ जान समय लाग्ने भएकाले भारतीय नागरिक नेपालगञ्ज आउने गरेका छन् ।

नेपालगञ्जमा अहिले क्युएफएक्स बागेश्वरी मात्र सञ्चालनमा छ । लक्ष्मी हलले स्तरोन्नति गरिरहेको छ, श्रृष्टि हल भत्काएपछि बन्द भइसक्यो । स्नेह होटल छेउमा सुविधासम्पन्न नयाँ हल बन्दैछ । पर्यटन वर्षसँगै उक्त हल सञ्चालन हुने अपेक्षा गरिएको छ । यी हलले भारतीय नागरिकलाई तान्ने अपेक्षा गरिएको छ । क्युएफएक्स बागेश्वरी सिनेमाज नेपालगञ्जका प्रबन्ध निर्देशक नीरजमान शाक्यले भारतीय नागरिकहरु फिल्म हेर्न आउने गरेको बताए ।

उनले भने, “हिन्दी फिल्म चलेका बेला अधिकांश भारतीय नागरिक नै हाम्रा ग्राहक हुन् ।” अहिले नेपालगञ्जमा भारतीय नागरिकलाई लक्षित गरी फनपार्क बनाउने काम धमाधम भइरहेको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरिकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त...

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।  देशमा सीमा विवाद चलेको भन्दै उनले...

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।...

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम...