नेपाली समय: ०३:२२:०५ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

कपिलले आफ्नो शोमा आउन बिन्ति गर्दा पनि गएनन् यी ५ ठूला स्टार !

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ कार्तिक १)
News Title

एजेन्सी । बलिउड र भारतीय टेलिभिजन क्षेत्रमा उत्कृष्ट कमेडियनको रुपमा रहेका कपिल शर्मा कमेडी किंगको रुपमा पनि चिनिन्छन् । अहिले कपिल “द कपिल शर्मा शो”बाट दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन् ।

यस भन्दा अगाडी कपिलले धेरै कमेडी शोहरु सञ्चालन गरिसकेका छन् । “कमेडी नाइट विथ कपिल”,”द कपिल शर्मा शो पहिलो सिजन” र “द कपिल शर्मा शो दोस्रो सिजन” जस्ता कार्यक्रमहरुको कारण कपिल अत्याधिक चर्चित छन् ।

कपिल शर्मा आफ्ना शोहरुमा ठूला-ठूला हस्तीहरु ल्याउँछन् । केही कलाकार कपिलको कार्यक्रममा चलचित्र प्रमोशनको लागि आउँछन् भने कोही कपिलको निमन्त्रणामा । निमन्त्रणा पाएपछि कपिलको कार्यक्रममा जान नचाहने हस्ती कमै छन् । तर केहि हस्तीले भने कपिलको निमन्त्रणा अस्विकार गरेका थिए । कपिलको निमन्त्रणा स्वीकार गर्ने ठूला ५ हस्ती निम्न छन् ।

महेन्द्र सिंह धोनी

धोनी भारतमा मात्र नभई विश्वभर एक उत्कृष्ट क्रिकेटरको रुपमा परिचित छन् । धोनीको जीवनमा आधारित फिल्म “द अनटोल्ड स्टोरी”को रिलिजको समयमा कपिलले प्रमोशनको लागि धोनीलाई बोलाएका थिए। तर समय नमिलेको भन्दै धोनीले कपिलको कार्यक्रममा सहभागी हुन अस्विकार गरेका थिए ।

सुपरस्टार रजनीकान्त

दक्षिण भारतीय चलचित्र क्षेत्र देखि बलिउड सम्म चर्चित रहेका रजनीकान्त फरक स्टाइलको कारण प्रख्यात छन् । रजनीकान्तलाई दक्षिण भारतीय चलचित्र क्षेत्रमा भगवान सरह नै मानिन्छन् । कपिलले रजनीकान्तको एक चलचित्र प्रमोशन गर्ने भनेर रजनीकान्तलाई निमन्त्रणा पठाएका थिए । तर रजनीकान्तले स्वास्थ्यमा समस्या देखाएर कपिलको निमन्त्रणा अस्विकार गरेका थिए ।

लता मंगेशकर

८० को दशककी चर्चित नायिका लता मंगेशकरको स्वरमा लट्ठ हुने व्यक्तिहरु विश्वभर कयौं छन् । कपिल शर्मा पनि लता मंगेशकरका ठूलै फ्यान हुन् । त्यहि भएर कपिलले अहिले सम्म कयौ पटक लता मंगेशकरलाई निमन्त्रणा पठाइसकेका छन्। तर अहिले सम्म पनि लताले निमन्त्रणा भने स्वीकार गरेकी छैनन् ।

आमिर खान

बलिउडका चर्चित खान मध्ये १ रहेका आमिर खानका आफ्नै तरिका र नियम छन् । अभिनय देखि दैनिकी सम्ममा पनि उनी आफ्नै नियम लागू गर्छन् । कपिलले अहिले सम्म आमिरलाई धेरै पटक निमन्त्रणा पठाइसकेका छन् । तर पनि उनी अहिले सम्म कपिलको कार्यक्रममा गएका छैनन् ।

सचिन तेन्दुलकर

क्रिकट जगतमा सबै भन्दा ठूलो नाम हो, सचिन तेन्दुलकर । सचिनको जीवनमा आधारित फिल्म “सचिन: ए बिलियन ड्रीम्स ”को प्रमोशनको लागि कपिलले सचिनलाई आफ्नो कार्यक्रममा बोलाएका थिए। तर सचिनले निमन्त्रणा अस्विकार गरे ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 100%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...