नेपाली समय: ०५:३४:२१ बिहान
वि.सं २०७७ जेठ २२   बिहीवार

विप्लव नेकपाका नेता कुमार पाैडेलको हत्या भएको मानव अधिकार आयोगको ठहर

घटनामा संलग्न प्रहरी अधिकारीमाथि मुद्धा चलाउन निर्देशन दिने तयारीमा आयोग

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ कार्तिक ४)
News Title

काठमाडाैं । सर्लाहीमा मारिएका कुमार पाैडेल दोहोरो भिडन्तमा नभएर गोली हानेर मारिएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।  

विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमारलाई प्रहरीले दोहोरो भिडन्तमा मारिएको जनाएको थियो ।  

यो घटना पश्चात सरकारको चाैतर्फी आलोचना  भएको थियो भने संसदमा समेत कुरा उठेको थियो । निहत्या नागरिकको हत्या गरिएको भन्दै संसदमा प्रतिपक्षीमात्र नभएर सत्तारुढ दल नेकपाका सांसदहरुले समेत कुरा उठाएका थिए । तर, गृहमन्त्री रामबहादुर थापा 'बादल'ले कुमारको मृत्यु प्रहरी मुठभेडमा भएको भनेर जवाफ दिएका थिए । 

यस्तै, विप्लव नेतृत्वको नेकपाले समेत विज्ञप्ति जारी गर्दै सरकारला दमन बढाएको र त्यसको प्रतिवाद हुनबे चेतावनी दिएको थियो । भने, मानव अधिकार आयोगले घटनाको छानविन पश्चात घटनामा संलग्न प्रहरी अधिकारीलाई मुद्धा चलाउन निर्देशन दिने निर्णय गरेको छ । 

सम्बन्धित समाचारः

जनार्दनको गृहमन्त्रीलाई प्रश्नः जनताको रिपोर्टले कुमार पाैडेल मुठभेडमा मारिएको स्विकार्दैन

विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज हत्या पञ्चायती बर्बरता जस्तो: जनार्दन शर्मा

कुमार पाैडेलको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले छानविन थाल्यो

नियन्त्रणमा लिएर चिनेपछि कुमार पाैडेललाई हत्या गरियो, एकीकृत जनक्रान्तिबाट बदला लिन्छाैंः अरुण

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 100%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन...

स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने...

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् ।  श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका...

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि...

आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधबार) थप  २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २३ सय  पुगेको...