नेपाली समय: ०७:३६:५२ बेलुका
वि.सं २०७६ कार्तिक २६   मंगलवार

तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

लुम्विनी भ्वाइस (२०७६ कार्तिक २०)
News Title

मजार–ए–सरिफ (सिन्ह्वा) । अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् ।

स्थानीय प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको जानकारी दिनुभयो । फरहादका अनुसार तालिबान समूहले सदरमुकामका विभिन्न स्थानबाट बन्दुक र ग्रिनेड सहित बिहान करिब ४ बजे आक्रमण गरेका थिए ।

फरहादले तालिबान विरुद्ध सुरक्षाफौजले जवाफी कारबाही गरेको जानकारी दिनुभयो । यसक्रममा केही सुरक्षाकर्मी घाइते भएका छन् । अफगान फौजको कारबाहीमा धेरै तालिबान बिद्रोहीको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

सामान्यतया शान्तिपूर्ण रहेको उत्तरी विकट हिमाली यस प्रान्तमा पछिल्लो समय तालिबान आक्रमण बढेको छ । खासगरी अफगान सुरक्षाफौजले विद्रोही विरुद्ध कारबाही तिब्र बनाउन थालेपछि हिंसात्मक घटना बढेको अधिकारकर्मीहरुको भनाई छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरिकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त...

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।  देशमा सीमा विवाद चलेको भन्दै उनले...

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।...

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम...