नेपाली समय: ०७:५७:४५ बेलुका
वि.सं २०७६ कार्तिक २६   मंगलवार

इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा

लुम्विनी भ्वाइस (२०७६ कार्तिक २१)
News Title

काठमाडौं । नेपाल क्रिकेट संघले यही नोभेम्बर १२ देखि बंगलादेशमा सुरु हुने एसीसी इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ ।

निवर्तमान कप्तान पारस खड्का र स्टार खेलाडी सन्दीप लामिछाना बिनानै घोषणा गरिएको टोलीमा युवा खेलाडी कुशल भुर्तेल पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । कुशल यू १९ टिमबाट सिनियरमा पुगेका खेलाडी हुन् ।

५० ओभरको उक्त प्रतियोगितामा इशान पाण्डे र अभिनाश बोहोरा समेत डेब्यू गर्ने भएका छन् । यी दुई खेलाडीले टि–२० मा मात्रै सिनियर टोलीबाट खेलेका थिए ।

नेपाली टोलीमा कप्तानमा ज्ञानेन्द्र मल्ल र उपकप्तानमा दिपेन्द्रसिंह ऐरी छन् भने अन्य खेलाडीहरुमा शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललित राजवंशी, पवन सराफ, सन्दिप जोरा, सुसान भारी, इशान पाण्डे, आरिफ शेख, अभिनाश बोहोरा, कुशल भुर्तेल छन् ।

यसपटक टिमको म्यानेजरमा क्यानका सदस्य प्रशान्त विक्रम मल्ल जाने भएका छन् । यस्तै प्रशिक्षक उमेश पटवाल, एसिसेन्ट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, भिडियो एनालिष्ट रमन सिवाकोटी, फिजियोमा विक्रम न्योपाने छन् ।

यस सिरीजका लागि पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने हुने छैनन् । दुवै खेलाडी यूएईमा हुने टी १० लिग खेल्ने जानेछन् । पारस नोभेम्बर ११ मा र सन्दीप १२ तारिखमा यूएई जानेछन् ।

प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
रोहित कुमार पौडेल
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुशन भारी
इशान पाण्डे
आरिफ शेख
अविनास बोहरा
कुशल भुर्तेल

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरिकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त...

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।  देशमा सीमा विवाद चलेको भन्दै उनले...

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।...

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम...