नेपाली समय: ०६:४७:०६ बेलुका
वि.सं २०७६ कार्तिक २६   मंगलवार

आज नेपाल र म्यान्मार भिड्दै

लुम्विनी भ्वाइस (२०७६ कार्तिक २१)
News Title

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

म्यान्मारको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे शुरु हुनेछ ।

म्यान्मारसँग नेपालले यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो जसको नतिजा म्यान्माको पक्षमा थियो । सन् २००८ मा भारतको हैदरावादमा भएको एएफसी च्यालेञ्ज कपमा नेपाल म्यान्मारसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ भने म्यान्मार समूह एफमा छ । विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले होम खेलअन्तर्गत पहिलो खेल कुवेतसँग आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा खेल्नेछ । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको ४ खेलमा एक खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ ।

यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यता समूह एफमा रहेको म्यान्माले ३ खेल खेलिसक्दा कुनै अङ्क जोड्न सकेको छैन । म्यान्माले यही कात्तिक २८ गते घरेलु मैदानमा ताजिकिस्तानको सामना गर्दैछ ।

नेपाली टोलीको गोलकिपर विकेस कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरिकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त...

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।  देशमा सीमा विवाद चलेको भन्दै उनले...

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।...

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम...