नेपाली समय: ०६:४६:०७ बेलुका
वि.सं २०७६ कार्तिक २६   मंगलवार

कोशीमा लोपोन्मुख प्रजातिको गोही मरेको भेटियो

लुम्विनी भ्वाइस (२०७६ कार्तिक २२)
News Title

राजविराज । सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ ।

सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

कोशी नदीमा मरेको अवस्थामा गोही फेला परेपछि स्थानीयवासीले देखेर इलाका प्रहरी कार्यालय भारदहका प्रहरीलाई खबर गरेका थिए । मरेको अवस्थामा भेटिएको गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यसैबीच चार महिनाको अवधिमा सप्तरी जिल्लाका विभिन्न नदी, पोखरीहरुमा करीब पाँचवटा अजिङ्गर (गोही) फेलापरेको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरिकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त...

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।  देशमा सीमा विवाद चलेको भन्दै उनले...

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।...

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम...