नेपाली समय: ०७:५४:१७ बेलुका
वि.सं २०७६ कार्तिक २६   मंगलवार

उपनिर्वाचनमा विद्याकी सहयात्री बन्दै प्रचण्डकी जेठी बुहारी त्रिपाठी !

लुम्विनी भ्वाइस (२०७६ कार्तिक २२)
News Title

पोखरा । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेवदार विद्या भट्टराईलाई प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले दह्रो साथ दिएकी छन् । 

पोखरामा निर्वाचन प्रचार प्रसारको क्रममा नेकपाका अध्यक्ष प्रचण्ड, पार्टी महासचिव विष्णु पाैडेल लगायतका केन्द्रियस्तरका नेताहरु उपस्थित भएका छन् । यद्यपी त्रिपाठी समेत विद्याको सहयोगीका रुपमा निर्वाचन प्रचारमा लागि परेकी हुन् । 

प्रचण्डका एक्ला पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएपनि बुहारीहरु नेकपाको राजीतिमा सक्रिय रहेका छन् । 

स्व. प्रकाशकी कान्छि पत्नी बिना मगर अहिले नेकपाको सरकारकी खानेपानी मन्त्री रहेकी छन् । भने, जेठी श्रीमति त्रिपाठी कास्कीमा नेकपाको राजनीतिमा सक्रिय रहेकी छन् । 

यस्तै, उपनिर्वाचनमा नेकपाको सम्पूर्ण शक्ति पोखरा केन्द्रित रहँदा त्रिपाठीको सक्रिय निर्वाचन प्रचारप्रसारलाई समेत गम्भीर रुपमा हेरिएको छ भने, उनी थप सक्रिय ढंगले राजनीतिमा लाग्ने अनुमान समेत गरिएको छ । 

 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 92.16%
  • खुसी

  • 3.92%
  • अचम्मित

  • 1.96%
  • दुःखी

  • 1.96%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

ऋतिक रोशनको फ्यान भएकै कारण श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । अमेरिकामा बसोबास गर्दै आइरहेका एक ३३ वर्षीय भारतीय नागरिकले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दिनेश्वर बुद्धिदात नाम गरेका उक्त...

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धुरामा अनसनरत डा. गोबिन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् ।  देशमा सीमा विवाद चलेको भन्दै उनले...

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।...

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम...