नेपाली समय: ०३:१६:५१ अपरान्ह
वि.सं २०७६ फाल्गुण १४   बुधवार

२ लाख २६ हजार घुससहित इन्जिनियर पक्राउ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ माघ १२)
News Title
काठमाडौं । घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको  छ । 

घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साहले सेवाग्राहीसँग घ्याङलेख गाउँपालिकाको बिभिन्न वडामा HT.LT तथा ट्रान्सफर्म जडानको बिद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने सिलसिलामा दुई लाख २६ हजार घुस/रिसवत माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।  

घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निजलाई कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुली स्थित श्रेष्ठ तन्दुरी एण्ड गेष्ट हाउस अगाडि वि.पी. राजमार्गबाट निजको साथमा रहेको १ लाख ६० हजार र ७० हजारको दुई वटा चेक तथा नगद ३५ हजार सहित  २०७६ माघ १० गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका...

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास...

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।  घर नजिकै रहेको...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले आज पत्रकार सम्मेलन गरी महासंघको...

दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो, परिस्थिति अझै नाजूक

एजेन्सी । दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि...