नेपाली समय: ०३:४८:३३ अपरान्ह
वि.सं २०७६ फाल्गुण १४   बुधवार

एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने ३ जना पक्राउ

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ माघ १२)
News Title

हेटौंडा । बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी रहेका छन् । खालिद एम्बुलेन्सका चालक हुन । पक्राउ परेका तीनैजनालाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

गाँजा तस्करी गर्न प्रयोग भएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई एम्बुलेन्समा गाँजा लैजाँदै गरेको भन्ने सूचनाका आधारमा शनिबार साँझ पक्राउ गरेको जनाएको छ । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको एम्बुलेन्समा गाँजा राखेर लगिरहेको भन्ने सूचनाका आधारमा डुमरिया स्वास्थ्य चौकीको उक्त एम्बुलेन्सलाई प्रहरीले हेटौंडाको नेवारपानीमा रोकी जाँच गर्दा तीन झोलामा छ पोका बनाई लुकाई राखेको साढे ३० किलोग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुका साथबाट नेपाली रु ९१ हजार र दुई हजार भारतीय रुपैँयासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 50%
  • खुसी

  • 50%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

गोकुलप्रसाद बाँस्कोटाको अडियो  छानबिन गर्न माग सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गरिन् ।...

इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

जकार्ता । पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार...

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका...

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास...

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।  घर नजिकै रहेको...