नेपाली समय: ०३:२४:१६ अपरान्ह
वि.सं २०७६ फाल्गुण १४   बुधवार

मकवानपुरका दुई एनसेल टावरमाथि अज्ञात समूहद्वारा आगजनी

Voice Of Federal Nepal

लुम्विनी भ्वाइस (२०७६ माघ १३)
News Title
हेटाैडा । मकवानपुरमा दुई एनसेल टावरमाथि अज्ञात समूहद्वारा आगजनी भएको छ ।

मकवानपुर प्रहरीका अनुसार आइतबार राती भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको एनसेल टावरमा आगजनी भएको हो । आगजनीबाट टावरमाथि सामान्य क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार आगजनी कसले गरेको हो भन्ने खुलेको छैन् । तर, प्रहरीले अनुसन्धान भने थालिसकेको जनाएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा प्रहरी टोली पुगिसेकेको छ ।  यता, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा समेत आगजनी भएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पुगेको छ। घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ । यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेल टावरमा आगजनी गरेकाले यस घटना पनि त्यही समूहले गरेको हुनसक्ने प्रहरीले शंका गरेको छ ।

यो समाचार तपाईंलाई कस्तो लाग्यो?

  • 0%
  • खुसी

  • 0%
  • अचम्मित

  • 0%
  • दुःखी

  • 0%
  • यस्तै हो

  • 0%
  • आक्रोशित

ताजा समाचार

इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

जकार्ता । पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार...

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका...

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास...

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ

बाँके । बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका बाँके कोहलपुर नगरपालिका वडा न.१२ का भोज बहादुर थापा फरार अभियुक्त पक्राउ भएका छन् ।  घर नजिकै रहेको...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले आज पत्रकार सम्मेलन गरी महासंघको...